बाह्रदशी सामुदायिक खाद्य बैंकको भवन बाह्रदशी गाउँपालिकालाइ हस्तान्तरण
झापा १२, बाह्रदशी गाउँपालिका मा रहेको सामुदायिक खाद्य बैंकको भवन एक कार्यक्रमका बीच बाह्रदशी गाउँपालिका लाई हस्तान्तरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ को अध्यक्षता मा संचालन गरिएको कार्यक्रममा विश्व खाद्य कार्यक्रम नेपाल का उपाप्रमुख कृष्ण योगि बाट गा.पा. अध्यक्ष चम्लगाइ लाई सामुदायिक खाद्य बैंकको चाबी दिई उक्त भवन हस्तान्तरण गर्नु भएको थियो भने अध्यक्ष चम्लागाइले शिला पत्र को पर्दा हटाइ उक्त शिला पत्र वाचन गरेर सामुदायिक खाद्य बैंक भवनको उद्घाटन समेत गर्नु भएको थियो।
बिश्व खाध्य कार्यक्रम ( world food program ) को आर्थिक तथा नेपाल जनस्वास्थ्य तथा शिक्षा समुह (NEPHEG ) को प्राबिधिक सहयोगमा निर्मित सामुदायिक खाद्य बैंक झापा जिल्लाको पहिलो सस्था हो | खाद्यान्न खाद्य बैंकमा संकलन गर्ने , भण्डारण गर्ने , वितरण गर्ने कामको लागि खाद्य बैंक स्थापना भएको हो | प्राकृतिक बिपत बाट प्रभावित समुदाय वा मानिसहरु , अति बिपन्न परिवार , कुपोषणको शिकार भएका मानिसहरुलाई निशुल्क खाद्यान्न वितरण गर्ने उदेश्यले स्थापना गरिएको हो |

सामुदायिक खाद्य बैंकको लागि बाह्रदशी गाउपालिकाले हरेक बर्ष दुइ लाख पचाश हजार बजेट बिनियोजन निर्णय गरेको छ |
परिवार कल्याण महासाखा तथा पोषण शाखा प्रमुख लीला बिक्रम थापाको प्रमुख अतिथि रहेको कार्यक्रममा बिशिस्ट अतिथि बिश्व खाद्य कार्यक्रम नेपाल का उपप्रमुख कृष्ण योगि,बिश्व खाद्य कार्यक्रम पोषण अधिकृत उत्तम आचार्य,बिश्व खाद्य कार्यक्रम एस बि सि अफिसर गरिमा उप्रेती,जनस्वास्थ्य अधिकृत विश्वनाथ श्रेष्ठ,नेपाल जनस्वास्थ्य तथा शिक्षा समुह अध्यक्ष सुशील राज दाहाल,नेपाल जनस्वास्थ्य तथा शिक्षा समुह कोषाध्यक्ष शंकर आचार्य,नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश कोषाध्यक्ष ओम प्रकाश गौतम लगायत स्थानीय बुद्धिजीवीहरु,सम्पुर्ण स्वास्थ्य शाखा प्रमुख कार्यपालिका सदस्य ,वडा अध्यक्ष हरुको सहभागिता रहेको थियो।
कार्यक्रममा WFP कृष्ण योगि,उत्तम आचार्यले सामुदायिक खाद्य बैंक को बारेमा बोल्नु भएको थियो।भने नेपाल रेडक्रस सोसाइटी कोषाध्यक्ष ओमप्रकाश गौतम तथा स्वास्थ शाखा प्रमुख राम शाहले बाह्रदशी गाउँपालिकाको भौगोलिक,सामुदायिक तथा समग्र लक्ष्यित बर्ग को बारेमा जानकारी दिनु भएको थियो।
साथै सोही कार्यक्रममा १० जना सुत्केरी महिलाहरुलाइ पोषण युक्त खाद्यान्न सामाग्री समेत वितरण गरिएको थियो।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष चम्लागाइले “यो कार्यक्रम यस गाउँपालिकामा ल्याइदिएको मा धन्यवाद दिदै सामुदायिक खाद्य बैंक संचालन का लागि गाउँपालिका,प्रदेश सरकार,संघीय सरकार सङ्ग समेत पहल गरिने साथै स्थानीय जनप्रतिनिधि तथा कर्मचारी हरुको जन्मदिनको अवसरमा अनिवार्य दुइ हजार खुशीले खाध्य बैंकलाई प्रदान गर्ने नियम बनाएको कुरा जानकारी दिनु भयो साथै किसानहरु , संघ /सस्था ,स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाईहरुले पनि बाह्रदशी सामिदायिक खाद्य बैंकको नाममा रकम वा खाद्यान्न दान दिन सक्ने कुरा को समेत बताउनु भयो।साथै बिश्व खाद्य कार्यक्रमबाट ५०० केजि चामल,१०० केजि दाल,१०० लिटर खाने तेल ,१०० केजि नुन समेत खाद्य बैंकलाई हस्तान्तरण गरि सकेको बताउनु भयो |
बाह्रदशी स्वास्थ्य शाखा प्रमुख राम शाह ले स्वागत गर्नु भएको सो कार्यक्रम जेन्सी शाखा प्रमुख राजु गिरिले संचालन गर्नु भएको थियो।



