बाह्रदशी जेसिजको होलि मिलन कार्यक्रम सम्पन्न

बाह्रदशी झापा , बाह्रदशी जेसीजले होलि मिलन कार्यक्रमको आयोजना गरि जेसिज तथा ननजेसिज बिच हर्सोल्लासको साथ रङ्ग हरुको पर्व होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ।

संजय शाहको संयोजक रहेको कार्यक्रम बाह्रदशी-५ फुलबारी चोकमा आयोजना थियो भने कार्यक्रम को सभापतित्व बर्ष २३ का अध्यक्ष जेसि लक्ष्मी प्रसाद उप्रेती ले गर्नु भएको थियो।

बाह्रदशी गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइको प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रममा बाह्रदशी गाउपालिका योजना साखा प्रमुख तेज प्रसाद रेग्मी,वडा न.५ का वडाध्यक्ष वीर बहादुर सिंह राजवंशी,रेडक्रस झापा का कोषाध्यक्ष ओम प्रकाश गौतम,पुर्व अध्यक्ष जेसि बिगम श्रेष्ठ, लगायत सामाजिक ब्याक्तित्व हरुको उपस्तिथिमा कार्यक्रम का प्रमुख अतिथि द्वारा ब्यानर बाचन गरेर कार्यक्रम को उद्घाटन गरिए सङगै बर्ष २३ का अध्यक्ष जेसि लक्ष्मी प्रसाद उप्रेती ले प्रमुख अतिथि लाई रंग लगाइ होलि मिलन कार्यक्रम सुरु गरिएको थियो।


कार्यक्रममा गौरीशंकर माबी का प्रधानाध्यापक लेखनाथ कटवाल,योजना साखा प्रमुख तेज प्रसाद रेग्मी,वीर बहादुर राजवंशी,ओम प्रकश गौतम लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउपालिका अध्यक्ष चम्लगाइले ” बाह्रदशी गाउपालिका बाह्रदशी जेसिज सङ्ग सहकार्य गरेर अगाडि बढन तयार रहेको बताउनु भयो।पछिल्लो समय होलि पर्व का बिकृती अत्यधिक बढी रहेका कारण आफ्नु सस्कार र संस्कृति बिर्सिन थालेको यो परिवेश मा बाह्रदशी जेसिजले पश्चिमी सस्कार लाई भन्दा आफ्नै मौलिकता लाई जोड दिने र यो सुरुवात को संदेश बाह्रदशी जेसिज ले आजैदेखि दिनेछ अध्यक्ष जेसि लक्ष्मी प्रसाद उप्रेती ले भन्नू भो ।


बर्ष २३ का महासचिव जेसि खगेन्द्र सुवेदीले संचालन गरेको उक्त कार्यक्रममा सम्पुर्ण उपस्थित अतिथिहरुलाइ बर्ष २३ का वरिष्ठ उपाध्यक्ष तिर्थ काफ्ले ले स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो भने बर्ष २३ कि कानुनी सल्लाहकार जेसि सदिक्षा खड्का ले जेसिज आस्था वाचन गर्नु भएको थियो।उपस्थित सम्पुर्ण अतिथि लगायत जेसिज तथा ननजेसिज लाई धन्यवाद साथै होलिको शुभकामना दिदै कार्यक्रमको समापन संयोजक संजय शाह ले गर्नु बहएको थियो।

इ
Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares