ग्रामीण प्रेस क्लबलाई इलिकाको खेलकुद सहयोग: १६ थान फुटबल जर्सी हस्तान्तरण
बिर्तामोड (झापा) — झापाको बिर्तामोडस्थित इलिका ब्यूटी लाउन्ज एन्ड ट्रेनिङ सेन्टरले स्थानीय ग्रामीण प्रेस क्लबलाई खेलकुद पोशाक (जर्सी) प्रदान गरेको छ।
इलिकाको आफ्नै कार्यालयमा आयोजित एक विशेष समारोहबीच क्लबलाई १६ थान फुटबल जर्सी हस्तान्तरण गरिएको हो। लाउन्जकी प्रोप्राइटर निशा कन्दङ्वा र प्रबन्ध निर्देशक विजय कन्दङ्वाले संयुक्त रूपमा ग्रामीण प्रेस क्लबका अध्यक्ष नेत्रविक्रम बिमलीलाई जर्सी हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष प्रीतमकुमार धमला, सदस्यहरू असफाक आलम र श्री प्रसाद सिवाकोटीका साथै सूर्योदय टेलिभिजनका सहसम्पादक देव बास्कोटा लगायतका प्रतिनिधि तथा खेलप्रेमीहरूको उपस्थिति थियो। सञ्चारकर्मी सुनिता तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
जर्सी हस्तान्तरणसँगै दुवै पक्षबीच आगामी दिनमा पनि सामाजिक तथा खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

झापाको बुद्धशान्तिमा बुद्धशान्ति प्रेस क्लबको आयोजनामा यही २४ र २५ गते सञ्चालन हुने ‘मिडिया कप फुटबल प्रतियोगिता’मा ग्रामीण प्रेस क्लब झापासहित जिल्लाका ६ वटा टिमले सहभागिता जनाउँदै छन्।




Соблюдаем конфиденциальность, бережно общаемся с пациентом и его близкими на каждом этапе.
Изучить вопрос подробнее – https://narkologicheskaya-klinika-voronezh20.ru/