बाह्रदशी गाउपालिकाको युवा तथा खेलकुद समिति गठन ।बरिस्ठ उपाध्यक्षमा डिक बहादुर श्रेष्ठ
बाह्रदशी चैत १४, बाह्रदशी गाउपालिकाले युवा तथा खेलकुद समिति सर्बसम्मत चयन गरेको छ ।बाह्रदशी गाउपालिकाको सभाहलमा युवा तथा खेलकुद समिति गठन गरेको हो।

गाउपालिका सामाजिक बिकास समिति संयोजक पन्चानन राजवंशीको अध्यक्षतामा गठन गरेको उक्त समिति ५ बर्षको कार्यकाल रहनेछ।गत कार्तिक महिनामा वडाको भेला बाट वडा युवा तथा खेलकुद समिति गठन गरि सोही समिति बाट प्रत्येक वडाका ३/३ जना प्रतिनिधिहरु गाउपालिका युवा तथा खेलकुद समिति का लागि सिफारिस भएर आउनु भएका २१ जना भित्र बाट नै समिति निर्माण गरिएको हो।समिति मा ७ जना पदाधिकारी र १४ जना सदस्य सहित गरि जम्मा २१ जनाको समिति निर्माण गरिएको हो।

नवगठित युवा तथा खेलकुद समितिको अध्यक्ष मा वडा न.७ का टंक बहादुर कार्की त्यसै गरि बरिस्ठ उपाध्यक्ष डिक बहादुर श्रेष्ठ,उपाध्यक्ष श्याम कुमार राजवंशी,सचीव युवराज राजवंशी सह-सचीव तिर्थ राज कोइराला,जाहिद आलम,कोषाध्यक्ष डिक कुमार कटुवाल रहनु भएको छ।

योजना साखा प्रमुख तेज प्रसाद रेग्मीले संचालन गर्नु भएको कार्यक्रममा संचालन कै क्रममा योजना साखा प्रमुख रेग्मीले नवगठित समिति लाई आफ्नु काम,कर्तव्य र अधिकार को बारेमा प्रष्ट पार्नु भएको थियो।भने नवगठित युवा तथा खेलकुद समिति का अध्यक्ष टंक बहादुर कार्की ले आफ्नु तर्फबाट प्रतिबद्धता मन्तव्य राख्नु भएको जानकारी सुचना अधिकारी तथा आइटि साखा प्रमुख हिमाल सुबेदिले जानकारी दिनु थियो।



