भद्रपुर नगर हक्की संधको प्रथम नगर अधिवेशन सम्पन्न

भद्रपुर नगर हक्की संधको प्रथम नगर अधिवेशन सम्पन्न

०८, असार २०८३, दिपेन्द्र कटुवाल ।

भद्रपुर नगर हक्की संधको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य‌ता तथा संघका अध्यक्ष दिपक खतिवडाको अध्यक्षता रहेको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल हक्की संघका प्रशिक्षक रन्जन थापा, झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज वुढाथोकी रहनुभएका थिए । त्यस्तै अतिथिको रूपमा भद्रपुर वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, बालसुवोधनी मा. वि. का व्यवस्थापन समिति अध्यक्ष अनिल ढुङ्गाना, प्र. अ. विश्व थापा पुहाँतु, जन ज्योति मा.वि. का व्यवस्थापन समिति अध्यक्ष सुमित्रा चौधरी, चन्द्र‌गढी बन उपभोक्ता समुहका अध्यक्ष अर्जुन खतिवडा लगायतको उपस्थित रहेकी थियो । 

उक्त अधिवेशनबाट निम्न अनुसारको नयाँ नेतृत्व सर्वसहमत

रुपमा चयन गरेको थियो। 

अध्यक्ष      : सरोज बस्नेत

उपाध्यक्ष   : पदम निरौला

सचिव      : दिवाकर मैनाली

कोषाध्यक्ष : गंगा बहादुर थापा

सदस्यहरू :  रबिन सुनुवार, मणी कुमार शर्मा, पार्वता चौधरी, समीर राजवंशी र पदम लुइटेल

कार्यक्रमा अध्यक्ष दिपक खतिवडाद्वारा वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षद्वारा लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो भने सोही अवसरमा विभिन्न विधाका हप्की खेलाडीहर लाई सम्मान गरिएको थियो । जस अन्तर्गत उत्कृष्ट खेलाडी सलिना मर्डी र गौरव थापा, नियमित खेलाडीमा मनिका पुर्वछाने र माइकल वानिया। त्यसैगरी हक्किको राष्ट्रिय टिममा सफल हुने ९ जना खेलाडी विष्णु घिमिरे, सुदिप चौधरी, सौरभ दंगाल, रोमन राजवंशी, उज्वल राजवंशी, रोहित राजवंशी, अनिल सापकोट, अन्जली कर्मकार र सविना राजवंशी लाई सम्मान गरिएको थियो। 

आज भन्दा १५ बर्ष अगाडी भद्रपुर न.पा वडा – ९ मा हक्की खेललाई उजागर गरी यो अवस्थमा पुर्‍याउन विषेश योगदान गर्नुहुने पूर्व हक्की प्रशिक्षक ज्ञानेन्द्र खड्‌कालाई प्रमूख अतिथी, अतिथी लागायतले मुक्तकण्ठले प्रशंसा गरेका थिए। हाल उहाँ अमेरीकामा बसोवास गर्दै हुनुहुन्छ ।  हाल सम्म यसै क्षेत्रवाट छ जना भन्दा हक्की खेलाडीहरूले त्रिभुवन आर्मी क्लवबाट व्यवासायीक हक्की खेलिसकेका छन् । कार्यक्रमको सन्चालन संघका सचिव खगेन्द्र ढुङ्गानाले गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

4 thoughts on “भद्रपुर नगर हक्की संधको प्रथम नगर अधिवेशन सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares