बाह्रदशी गाउपालिका उपाध्यक्ष द्वारा सुत्केरी महिलाहरुलाइ पोषण वितरण ।

बाह्रदशी,चैत-१८ झापाको बाह्रदशी गाउपालिका बडा न.२ मा सुत्केरी महिलाहरुलाइ पोषण युक्त खाद्य बस्तुहरु वितरण गरेको छ ।


    बाह्रदशी गाउपालिका उपाध्यक्षको कोषबाट विनियोजित बजेट बाट संचालन गरेको बाह्रदशी गाउपालिका भित्र रहेका पुष देखि यताका सुत्केरी महिलाहरुलाइ पोषण वितरण कार्यक्रमको पहिलो चरणको कार्यक्रम बाह्रदशी गाउपालिका वडा न.२ मा गरिएको हो।


      आधारभुत अस्पताल राजगढमा आयोजित कार्यक्रमको अध्यक्षता वडा न.२ का अध्यक्ष भिम बहादुर कार्की ले गर्नु भएको कार्यक्रममा २२ जना सुत्केरी महिला हरुलाइ पोषण युक्त खाद्य बस्तु वितरण गरिएको थियो।


   गाउपालिका उपाध्यक्ष सान्ता देवी सिवाकोटी को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिनियर स्वास्थ्य कर्मी सुस्मिता मैनाली ले वितरण गरिएका खाद्य सामाग्री लाई कसरी बनाएर खाने भन्ने बारे र यस्ता पोषण युक्त खाना किन खाने?भन्ने बारे प्रष्ट पार्नु भएको थियो।त्यसै गरि शुभकामना मन्तव्य का क्रममा बाह्रदशी पोषण फोकल पर्सन राम प्रसाद पौडेल ले पोषण खानाहरुको बारे बोल्नु भएको थियो।
      त्यस्तै प्रमुख अतिथि गाउपालिका उपाध्यक्ष ले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य लाइ मध्यनजर गर्दै यो कार्यक्रम लिएर आएको बताउनु भयो।कार्यक्रममा बोल्दै उपाध्यक्ष सिवाकोटीले यस्ता कार्यक्रमहरु निरन्तर संचालन गरिने कुराको पनि जानकारी दिनु भयो।त्यसै गरि कार्यक्रमका अध्यक्ष भिम बहादुर कार्कीले यस्ता कार्यक्रममा उपाध्यक्ष ले सहयोग को अपेक्षा राखे हामी सदैव साथ दिन तयार रहेको कुरामा जोड दिनु भयो।
     आधारभूत अस्पताल राजगढमा भएको कार्यक्रम सि अनमी सुनिता बस्नेत ले संचालन गर्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares