शौचालय र खानेपानीको समस्या बीचै पढिरहेका छन् अमृत मा.विका विद्यार्थीहरू

शौचालय र खानेपानीको समस्या बीचै पढिरहेका छन् अमृत मा.विका विद्यार्थीहरू

१६ भदौ २०८२, राजेश आचार्य ।

बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूको अवस्थाबारे बुझ्न हाम्रो टिम बाह्रदशी–१ मा रहेको अमृत मा.विमा पुग्यो। वडा नम्बर १ मा रहेको एक मात्र मा.वि विद्यालयको अवस्था देखेर हामी निकै चिन्तित भयौँ। जहाँ छात्र र छात्राको शौचालय एकै ठाउँमा छ। शौचालयको अवस्था हेर्दा शौचालयभित्र पस्न सकिने अवस्था छैन। भवन निर्माण गर्दा सिँढी मुनि बनाइएको एउटा शौचालय छ तर ट्याङ्की नभएको कारणले प्रयोगविहीन भएको छ।

खानेपानीका फिल्टरहरू छन् तर त्यसमा भोलाका खोलहरू र फोहोरले भरिएका छन्। खानेपानीको रूपमा एउटा कल छ। त्यो कलको पानी शौचालयमाथि राखिएको ट्याङ्कीमा जम्मा हुन्छ र त्यसबाट शौचालयसँगै टाँसिएको भित्तामा जोडिएका धारामा आउँछ। त्यही पानी पिएर पढिरहेका छन् अमृत मा.वि विद्यार्थीहरू।

समस्या यति मात्रै होइन, सामान्य वर्षा हुँदा पनि विद्यालय मूल प्रवेशद्वारबाट कक्षासम्म पुग्न विद्यार्थीले लगाएको जुत्ता खोलेर जानुपर्ने अवस्था देखियो। विद्यालय घेराबार नहुँदा विद्यालयको सम्पत्ति जोगाउन समेत निकै गाह्रो रहेको कुरा हामीले पनि महसुस गर्यौँ।

यी सबै समस्याका बारेमा स्थानीय सरकार बेखबर भने पक्कै पनि छैन तर हालसम्म पनि स्थानीय सरकारको आँखाबाट अमृत मा.वि अलि टाढा परेको हो कि भन्ने हामीले महसुस गर्यौँ। भागडुब्बा बजारसँगै टाँसिएको यस विद्यालय अगाडिबाट दैनिक धेरै अभिभावकहरू आवतजावत गर्नुहुन्छ। तर विद्यालयभित्र पसेर आफ्ना नानीबाबु पढ्ने विद्यालयको अवस्था कस्तो छ? कस्तो पानी पिइरहेका छन्? कस्तो शौचालय प्रयोग गरिरहेका छन्? भनेर बुझ्ने कसैसँग फुर्सद भने नभएको हो कि?

शौचालय र खानेपानीको कल सँगै भएका कारण त्यो कलबाट निस्किने पानी कत्तिको शुद्ध होला त? के यसले विद्यार्थीहरूको स्वास्थ्यमा असर परिरहेको छैन? यो कुरा कसले बुझ्ने, कसले सुन्ने? स्वास्थ्यको ज्ञान सिकाउने विद्यालयकै अवस्था यस्तो देख्दा यहाँका विद्यार्थीहरूले कस्तो ज्ञान सिकिरहेका होलान् त? जवाफ तपाईं सँगै छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email