आयोजक बिर्तामोड नगरपालिका लाई हराउदै बाह्रदशी गाउपालिका सेमिफाइनलमा प्रवेश

बिर्तामोड, चैत १८ । बिर्तामोड नगरपालिकाको आयोजनामा संचालन गरेको अन्तर पालिका स्तरीय कर्मचारी नकाउट फुटबल प्रतियोगितामा आयोजक डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिका लाई हराउदै बाह्रदशी गाउपालिका कर्मचारी टिम बिजय भएको छ।

डोमालाल रंगशालामा भएको खेलमा आयोजक टिम बिर्तामोड नगरपालिका कर्मचारीलाई ३–१ ले पराजित गर्दै बाह्रदशी गाउपालिका कर्मचारी  टिमले बिजय हुँदै सेमिफाइनलमा आफ्नु स्थान सुरक्षीत गरेको हो ।

बाह्रदशीका लागि खेल संचालन भएको पहिलो हाफको ३ मिनेटमा कैलाश डुमको पासलाई राम्रो सदुपयोग गर्दै जर्सी न.१० का शम्भु आचार्यले पहिलो गोल गर्दै टिमलाई १-० ले अगाडि लगेका थिए। त्यस्तै खेलको लगतै ६ टौ मिनेटमा पाएको पेनाल्टीलाइ आयोजक टिम बिर्तामोड ले गोलमा परिणत गरे संगै खेल बराबरीमा गएको थियो।


खेलको सुरुवाती समय देखि नै बिर्तामोड नगरपालिकालाई दबाबमा राखेको बाह्रदशी गाउपालिकाले खेलको २३औ मिनेटमा टिम क्याप्टेन प्रदीप श्रेष्ठ ले डाइरेक्टर सदुट हालेको बलले गोलपोष्ट को जाली चुमे संगै बाह्रदशी गाउपालिका २-१ ले अगाडि बडेको थियो ।पहिलो हाफको खेलमा २-१ ले अग्रता लिएको बाह्रफशी गाउपालिकाले दोस्रो  हाफको खेलमा भने बिर्तामोड नगरपालिका ले खेलमा सुधार ल्याय पनि कुनै गोल गर्न सकेन।तर  कमजोर डिफेन्सको फाइदा उठाउँदै खेलको ४६ औ मिनेटमा बाह्रदशीका लागि कैलाश डुमले तेस्रो गोल गर्न सफल भए।
३०/३० मिनेटको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको बाह्रदशी ले  खेलको प्लेयर अफ द म्याच बाह्रदशीका टिम क्याप्टेन प्रदीप श्रेष्ठ घोषित भए संगै उनलाइ नगद पच्चीस सय सहित ट्रफि प्रदान गरेको थियो।
  आयोजक टिम बिर्तामोड नगरपालिका लाई हराएको बाह्रदशी गाउपालिकाले आगामी चैत २० गते आज हुने क्वाटरफाइनल मेचीनगर नगरपालिका र दमक नगरपालिका दुई बीचको बिजेता कर्मचारी टिमसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares