बाह्रदशी-३मा १५८ जनाले गरे निःशुल्क स्वास्थ्य परीक्षण ।

बाह्रदशी गाउँपालिका वडा नं. ३ को आयोजना तथा बि एण्ड सी टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य जाँच  सेवा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम वडा नं. ३ को राजगढ सामुदायिक अध्ययन सिकाइ केन्द्र को सभाहलमा आयोजना गरिएको थियो।

वडा नम्बर ३ का वडाध्यक्ष टंकप्रसाद शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकोटी (खरेल) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा विशिष्ट अतिथि पूर्व गा.पा अध्यक्ष खड्ग प्रसाद राजबंशी,प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, बिशेष अतिथिमा वडा अध्यक्षहरु अतिथि हरु लेखा शाखा प्रमुख चुडामणि घिमिरे, कार्यपालिका सदस्य पञ्चानन् राजबंशी,पुनम देवी खत्वे,मान बहादुर राजबंशी लगायत समाजसेवी तथा बाह्रदशी सामुदायीक क्याम्पसका अध्यक्ष गंगा प्रसाद अधिकारी , राजगढ सामुदायिक अध्ययन सिकाई केन्द्र का अध्यक्ष राम दुलाल नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश कोषाध्यक्ष ओम प्रकाश गौतम लगायत  समाजसेवी र बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई वडा नम्बर ३ का वडा सदस्य हेमलाल दाहालले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित प्रमुख अतिथि अतिथि लगायत सम्पूर्णलाई वडा नं ३ कि वडा सदस्य लक्ष्मी निरौलाले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।।
वडा नम्बर ३ को आयोजनामा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष शान्तादेवी सुवाकोटी खरेलले वडा ले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गर्नुभएको छ। साथै यो कार्यक्रमले वडा नम्बर ३ मा रहेका वृद्ध आमाबुवाहरूका लागि निकै सहज भएको कुरा राख्नुभएको थियो। साथै यस्ता कार्यक्रमहरु प्रत्येक वडाले सञ्चालन गर्नुपर्ने कुरा समेत व्यक्त गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश कोषाध्यक्ष ओमप्रकाश गौतम बाह्रदर्शी सामुदायिक क्याम्पस का अध्यक्ष गंगाप्रसाद अधिकारी राजगढ सामुदायिक अध्ययन सिकाई केन्द्रका अध्यक्ष राम प्रसाद लगायतले कार्यक्रम सफलताको स्वागत मन्तव्य राख्नुभएको थियो।

बाह्रदशी गाउँपालिका वार्ड नं ३ ले आयोजना गरेको एक दिन निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा महिला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सन्ध्या शाह छाला तथा यौन रोग विशेषज्ञ डाक्टर विधान न्यौपाने जेनेरल फिजिसियन डाक्टर सक्षम आचार्य लगायतले  शिविरमा आउने सेवाग्राहीहरूलाई स्वास्थ्य परीक्षण गर्नुभएको थियो।

कार्यक्रममा १५८ जनाले स्वास्थ्य जाँच गराएका थिए भने फिजिसियन तर्फ ६५ जना , गाइनो तर्फ २८ जना र छाला तथा यौन रोग सम्बन्धी ६५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए भने। सहभागी सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो।

वडा नम्बर ३ ले सञ्चालन गरेको एक दिन निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा प्राविधिक सहयोग पुर्याउने बि एण्ड सी टिचिङ  हस्पिटल , लगायत उक्त कार्यक्रमलाई सहयोग पुर्‍याउने संघसंस्थाहरूलाई प्रमाणपत्र र प्रशंसापत्र लगायतले सम्मान गरिएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email