झापा जिल्ला खेलकुद परिसर भित्र वृक्षारोपण

भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिको परिसरमा आज वृक्षारोपण गरिएको छ ।


अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको सन्दर्भ पारेर बृक्षारोपण गरिएको हो । ल्लिा खेलकुद विकास समितिकै आयोजनामा राजमार्गबाट समितिको कार्यालयतर्फ जाने बाटोको पश्चिमतर्फ करिब सयवटा अशोक र धूपीका विरुवा रोपण गरिएको थियो ।
स्वस्थ नागरिक, समृद्ध समाजको परिकल्पना भन्ने नारासहित आयोजित संक्षिप्त कार्यक्रमका बीच प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर झापा गोृल्डकपका अध्यक्ष दिपेश ढकाल, सचिव टहलदास मैनाली, रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाई, खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, उपाध्यक्ष गंगाा भुर्तेल, प्रवक्ता जगन दुर्वासा कार्की, सदस्य पूर्णिमा सिटौला, कार्यालय सचिव विष्णुकुमार नेम्बाङ, प्रशिक्षक प्रमुख कालु मेचेलगायतले वृक्षारोपण गरेका थिए ।बृक्षारोपणअघि आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष भण्डारीले दिवको सन्दर्भमा जानकारी गराएका थिए ।

करोते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि तामाङले पर्यावरण संरक्षण तथा वावातावरण स्वच्छ राख्न बृक्षारोपण महत्वपूर्ण कार्य भएको भन्दै खेलकुदको विकास र स्वस्थ खेलाडी उत्पादनमा स्वच्छ र स्वस्थ वातावरणको उत्तिकै भूमिका रहने बताए । उनले बृक्षारोपण गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै रोपिएको विरुवाहुर्काउन र संरक्षण गर्न आवश्यक रहेको बताए ।
भद्रपुर नगरप्रमुख पोखरेलले बक्षारेपणले मेची रंगशालाको सौन्दर्यीकरणमा थप टेवा पुग्ने बताउँदै रंगशालाको स्तरोन्नतिमा भद्रपुर नगरपालिकाले स्रोत–र साधनले भ्याएसम्म सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
सन् २०१३ देखि प्रत्येक वर्ष मार्च ६ तारिखका दिन विश्वव्यापी रुपमै अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइँदै आएको छ । दुईवटा विश्वयुद्धले विश्वव्यापी पर्यावरण तथा वातावरणमा पारेको प्रभाव कम गर्न सघाउ पुर्याउने उद्देश्यले यो दिवस मनाउन थालिएको बताइन्छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360