बिहिबरे बजार ब्यबस्थापन समिति द्वारा रक्तदान कार्यक्रम

बाह्रदशी, बिश्व स्वास्थ्य दिवसको अवसरमा बाह्रदशी वडा न.६ बिहिबारे बजार ब्यबस्थापन समितिले आज चैत २५ गते रक्तदान कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।


  घैलाडुबा रेडक्रस उपसाखा को प्राबिधिक सहयोगमा बिहिबारे बजार ब्यबस्थापन समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। माननीय कोशी प्रदेश सभा सदस्य छबिलाल चुडालको  प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बजार ब्यबस्थापन समितिका अध्यक्ष बिश्वास गौतमले अध्यक्षता गर्नु भएको थियो।साथै प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य छबिलाल चुडाल ले ब्यानर बाचन गरेर उद्घाटन गरेको सो कार्यक्रममा बिहिबारे बजार ब्यबस्थापन समितिका सदस्य योगेश पौडेल ले स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो।
  त्यस्तै रक्तदान कार्यक्रममा माननीय छवि चुडाल,लेखराज सुबेदी,ज्ञानु सुबेदी,मधुराम पनेरु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
  कुल २६ जनाले रक्तदान गर्नु भएको उक्त कार्यक्रममा सधुकुटि खानेपानी तथा उपभोक्त समिति का अध्यक्ष मधुराम पनेरु,डाँगिबारि रेडक्रस उपसाखा सभापति लेखराज सुबेदी,साधुकुटि कृषि सहकारी संस्थाका अध्यक्ष ज्ञानु सुबेदी,गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रम साधुकुटीका सचीव पुस्प भट्टराई,रेडक्रस जिल्ला साखाका प्राविधिक सचिन लिम्बु लगायतको उपस्थित रहेको थियो ।
साथै रक्तदान कार्यक्रममा सहभागी भै रक्तदान दिनुहुने दाता हरुलाइ फलफूल,जुस पानी लगायत प्रमाणपत्र समेत प्रदान गरिएको थियो।कार्यक्रममा उपस्थित सम्पुर्ण प्रमुख अतिथि,अतिथि,दाताहरुलाइ धन्यवाद दिदै कार्यक्रमका अध्यक्ष बिश्वास गौतम ले कार्यक्रम समापन गर्नु भएको थियो।।
 

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares