योगमय बाह्रदशी गाउपालिका

बाह्रदशी,पछिल्लो समयमा बाह्रदशी गाउपालिका आयुर्वेद साखाले बाह्रदशी गाउ पालिकालाइ योग मय बनाएको छ ।


योगका माध्यम बाट नगरिकलाइ निरोगी बनाउने उदेश्यले आयुर्वेद साखाको आयोजनामा बाह्रदशी गाउँ पालिकाको सात वटै वडा को विभिन्न टोलहरुमा योग शिविर संचालन भइरहेको छ।


बैशाख १८ गते देखि बाह्रदशी गाउपालिका वडा न.५ बुधबारे बजारमा संचालन गरेको योग शिविरमा योगगुरु रुद्र ओलि र नारायण ढकालले योगको महत्त्व बारे प्रष्ट पार्दै योग प्रशिक्षण दिनु भएको थियो।
मेरो स्वास्थ मेरो जिम्मेवारी भन्ने श्लोगन राखी १८-२४ गते सम्म संचालन गरिएको योग शिविर को समापन कार्यक्रममा प्रमुख अतिथि बाह्रदशी गाउपालिका उपाध्यक्ष शान्ता देवी सिवाकोटी ले शुभकामना मन्तव्य राख्दै योग गर्नु भनेको औषधि सेवन नगरी बिरामि निको हुनु हो भन्ने कुरा मा जोड दिनु भयो।


कार्यक्रम घोडामाड बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष याम कुमार मैनाली,बुधबारे बजार ब्यबस्थापन समिति का अध्यक्ष ध्रुव सुब्बा,वडा सदस्य जय तिम्सिना लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो।
सोही कार्यक्रममा समाजसेवी तथा पुर्व शिक्षक भवानी लुइँटेल,समाजसेवी सबिना श्रेष्ठ,आनन्द योग समिति अध्यक्ष लगायत को आतिथ्यता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै कार्यक्रम का अध्यक्ष बाह्रदशी आयुर्वेद साखा प्रमुख जट्टा शंकर झा ले योग शिविरहरु संस्थागत बिधालय तथा सामुदायिक बिधालयहरुमा समेत संचालन गरेको जानकारी दिन भयो साथै आयुर्वेद साखामा ल्याब को समेत ब्यबस्था भएको हुदा ल्याब बाट हुने सेवाहरु नि:शुल्क प्रदान गरिरहेको समेत जानकारी गराउनु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares