स्काउटको नगर स्तरीय प्रथम क्याम्प सम्पन्न

झापा बिर्तामोड,विर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुदान तथा सहारा नेपाल साकोसको स्कार्फ सौजन्य रहेको प्रथम विर्तामोड नगर स्काउटको १ रात २ दिनको आवासीय क्याम्प महेन्द्र रत्न माविमा सम्पन्न भएको छ ।

वैशाख २२ गते झण्डोत्तोलन गरि प्रमुख अतिथि, अतिथिगणलाई ११ वटा विद्यालयका २९६ स्काउटहरुको सलामी सहित प्रारम्भ गरिएको कार्यक्रम वैशाख २३ गते झण्डा अनुत्तोलन सङ्गै समापन भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि स्काउट – नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाबाट भएको थियो भने समापन कार्यक्रम अध्यक्ष विर्तामोड नगर स्काउट तदर्थ समिती संयोजक निकुञ्ज शर्माले गरेका थिए । कोशी प्रदेश स्काउट सल्लाहकार समिति संयोजक शिव कुमार पौड्यालले स्काउटको गतिविधि नगर क्षेत्रमा बढ्दै गएकोमा खुशी लागेको, त्यस्तै राष्ट्रिय प्रशिक्षक भुवन सुब्बा खरेलले झापा जिल्ला स्काउट गतिविधिमा अग्रणी रहेकोमा विभिन्न स्थानीय तहहरुको अग्रसरता राम्रो भएको, कोशी प्रदेश तदर्थ समिति सदस्य राष्ट्रिय प्रशिक्षक अरुण बस्नेतले सबै सामुदायिक तथा सस्थागत विद्यालयमा स्काउट कक्षा अनिवार्य संचालन गर्न स्थानीय सरकारले भूमिका खेल्नुपर्ने कुरा दर्शाए ।

कन्चनजङ्गा अङ्ग्रेजी माबिका सस्थापक प्रधानाध्यापक गुरुभक्त न्यौपानेले स्काउट भनेको चरीत्र निर्माण गर्न सिकाउने स्वयंसेवी सस्था रहेकोे कुरा व्यक्त गरे ।


उक्त कार्यक्रममा विभिन्न ८ विधामा प्रतिस्पर्धा भएकोमा मार्च पासमा महेन्द्र रत्न स्काउट ट्रुप प्रथम, देवी द्वितीय, मोहनमाया तृतीय, नृत्यमा कंचनजङ्गा प्रथम, नवोदय फनमिन द्वितीय, इडेन गार्डेन तृतीय, गायनमा मनकामना प्रथम, दुर्गा द्वितीय, विराट तृतीय, वक्तृत्वकला(छात्र) इडेन गार्डेन प्रथम, महेन्द्र रत्न द्वितीय, दुर्गा तृतीय, वक्तृत्वकला (छात्रा) महेन्द्र रत्न प्रथम, कंचनजङ्गा द्वितीय, मोहनमाया तृतीय, चित्रकला (छात्र) मोहनमाया प्रथम, देवी द्वितीय, नवोदय फनमिन तृतीय, चित्रकला (छात्रा) देवी प्रथम, मनकामना द्वितीय, मोहनमाया तृतीय, हस्तकला (छात्र) दुर्गा प्रथम, मनकामना द्वितीय, देवी तृतीय, हस्तकला (छात्रा) मनकामना प्रथम, इडेन गार्डेन द्वितीय, देवी तृतीय, गाँठो (छात्र) मोहनमाया प्रथम, महेन्द्र रत्न द्वितीय, मनकामना तृतीय, गाँठोमा (छात्रा) मनकामना प्रथम, मोहनमाया द्वितीय, देवी तृतीय, विना भाँडा खाना बनाउने (संयुक्त) इडेन गार्डेन प्रथम, मोहनमाया द्वितीय, देवी तृतीय स्थान हासिल गरे । त्यसैगरी उत्कृष्ट स्काउट दलको उपाधी भने मोहनमाया स्काउट ट्रुपले प्राप्त गरेको थियोे । उनीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र दिई सम्मान गरियो । यसका साथै टायर बाल, क्रलिङ, टायर क्रसिङ, टायर टनेल, बेम्बो क्रसिङ, ल्याडर क्रसिङ, कमाण्डो बृज, ब्यालेन्सिङ बेम्बो, बेम्बो वाक, रोप क्लाइमिङ जस्ता साहसिक गतिविधिहरु एवम् फेस पेन्टिङ, पुट द बिन्दी, बकेट एण्ड बल जस्ता रोचक गतिविधिमा सहभागी भएका थिए । राति क्याम्प फायर र विहान सर्वधर्म भजन समेत गरिएको थियो ।


नेपाल सरकारको, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहने स्काउटमा विभागीय मन्त्री प्रमुख स्काउट र प्रधानमन्त्री संरक्षक रहने व्यवस्था छ । त्यस्तै प्रदेशमा सामाजिक विकास मन्त्री प्रमुख स्काउट र मुख्य मन्त्री संरक्षक रहने, स्थानीय तहमा उपप्रमुख/ उपाध्यक्ष प्रमुख स्काउट र नगर प्रमुख / अध्यक्ष संरक्षक रहने व्यवस्था छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रममा एक विद्यालय एक स्काउट इकाइ र एक स्थानीय तह एक कृउ विस्तार गर्ने रहेकोमा विर्तामोड नगरक्षेत्रका १८ सामुदायिक तथा ५६ सस्थागत विद्यालयहरु २ धार्मिक गरि ७६ विद्यालयहरुमध्ये मात्रै १५ विद्यालयहरुमा स्काउट कक्षा संचालन हुनु दु:खद कुरा रहेकाले सबै विद्यालयमा यो सच्चरित्रवान नागरिक बनाउने शिक्षा विस्तार गर्नु स्थानीय सरकारको पहल कदमी हुनु जरुरी देखिन्छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360