स्काउटको पुनर्ताजगी तालीम विर्तामोडमा सम्पन्न !
बिर्तामोड झापा, बिर्तामोड नगर स्काउटले आयोजना गरेको एक दिवसीय तालीम महेन्द्र रत्न माविमा सम्पन्न भएको छ ।

नगरमा स्काउट संचालित विद्यालयहरुबाट ११ वटा ट्रुपहरु : एमिटी, विराटज्योती, विराट आधारभूत, देवी, दुर्गा, इडेन गार्डेन, कञ्चनजङ्गा, मनकामना, मोहनमाया, महेन्द्र रत्न, नवोदय फनमिन तथा कनकाई नगरपालिकाको १ ट्रुप माउन्ट अन्नपूर्ण गरि जम्मा १२ वटा ट्रुपहरुबाट २२ छात्र २२ छात्रा गरि ४४ जनालाई तालिम दिएको थियो । तालीम १० बजेदेखि ४ बजेसम्म ६ घण्टा चलेको थियो । नानीहरूलाई ट्रुप संचालन विधि, ब्याज सिस्टम, मार्च पास, ड्रम बजाउने तरिका, नटिङ्ग जस्ता विषयवस्तुमा सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठको नेतृत्वमा स्काउट माष्टरहरु तथा ´विर्तामोड ओपन स्काउट कृयू`का रोभर रेन्जरहरुले सहजीकरण गरेको कुरा नगर स्काउट तदर्थ समिति संयोजक निकुञ्ज शर्माले बताए ।







