बाह्रदशी गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ लागि ५५ करोड ५१ लाख १२ हजार रुपैयाँको बजेट

बाह्रदशी गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ लागि ५५ करोड ५१ लाख १२ हजार रुपैयाँको बजेट

१० असर २०८३, राजेश आचार्य ।

बाह्रदशी गाउँपालिकाको १९ औं गाउँसभा उद्घाटन भएको छ ।

चकचकी स्थित बाह्रदशी गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता तथा सञ्चालन बाह्रदशी गाउँपाकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईले गर्नुभएको थियो । कोशी प्रदेश गाउँसभा र नगरसभा संचालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम गाउँ सभाको १९ औँ अधिवेशन प्रारम्भ गरिएको हो ।

गाउँसभामा उपाध्यक्ष शान्तादेवी शिवाकोटीले नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८३–८४ लागि ५५ करोड ५१ लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। 

गत वर्षको तुलना यो आर्थिक वर्षमा २ करोड २८ लाख ३४ हजार १०० रुपैयाँको कम्ती बजेट आएको हो । गत वर्ष ५७ करोड ७९ लाख ४६ हजार १०० रुपैयाँ विनियोजन गरिएको थियो ।

सभामा बाह्रदशी गाउँपाकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई, उपाध्यक्ष शान्तादेवी शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, योजना शाखा प्रमुख तेज प्रसाद रेग्मी, वडाध्यक्षहरु रत्न प्रकाश योङ्हाङ्ग, बिर बहादुर सिंह राजवंशी, महताव आलम, टंकप्रसाद साह, भिम बाहुदर कार्की, टेक बहादुर सिंह राजवंशी,कार्यपालिका सदस्यहरू पञ्चानन राजवंशी, मानबहादुर राजवंशी, तारा थपलिया, लक्ष्मी अधिकारी, रानी मुर्मु, पुनम खत्वे लगायत गाउँसभाका सदस्यहरू, गाउँपालिका कर्मचारीहरू र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

सभामा बाह्रदशी गाउँपालिकाको आर्थिक विधेयक २०८३, स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३, सार्वजनिक निजी साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३, आन्तरिक लेखा समिति गठन तथा सञ्चालन कार्यविधि २०८३,बेरुजु फर्चौट कार्यविधि २०८३, गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि २०८३, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८३ र व्यवसायिक दर्ता ऐन २०८३ पेस गरिएको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

2 thoughts on “बाह्रदशी गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ लागि ५५ करोड ५१ लाख १२ हजार रुपैयाँको बजेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares