पशुपति मावि फेरि अव्वल, जनविकास मावि किन बारम्बार कमजोर ?

३० वैशाख २०८३, राजेश आचार्य ।

बाह्रदशी गाउँपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूबीच यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) नतिजाले स्पष्ट असमानता देखाएको छ। प्रकाशित नतिजाअनुसार पशुपति माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै गाउँपालिकामै आफूलाई अब्बल सावित गरेको छ भने जनविकास माध्यमिक विद्यालयको नतिजा अत्यन्त कमजोर देखिएको छ।

पशुपति माध्यमिक विद्यालयबाट यस वर्ष ११६ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी भएका थिए। जसमध्ये ९९ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। प्रतिशतका आधारमा विद्यालयको नतिजा ८५.३४ रहेको छ, जुन बाह्रदशीका सामुदायिक विद्यालयहरूमध्ये सबैभन्दा उच्च हो। यो विद्यालयले अघिल्ला वर्षहरूमा पनि निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आफ्नो शैक्षिक स्तरलाई मजबुत बनाउँदै आएको छ।

उता, जनविकास माध्यमिक विद्यालयको अवस्था भने चिन्ताजनक देखिएको छ। उक्त विद्यालयबाट १४ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी भएका थिए। तीमध्ये केवल ४ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। यस अनुसार विद्यालयको उत्तीर्ण प्रतिशत २८ मात्र रहेको छ, जुन गाउँपालिकाभित्र सबैभन्दा कमजोर नतिजा हो।

बाह्रदशी गाउँपालिकामा सञ्चालनमा रहेका ६ वटा माध्यमिक विद्यालयहरूमध्ये पशुपति माविले उत्कृष्ट नतिजा हासिल गरेको छ भने जनविकास माविले न्यूनतम उपलब्धि मात्रै हासिल गरेको देखिन्छ। एउटै पालिकाभित्र यति ठूलो नतिजा अन्तर देखिनुले शिक्षाको गुणस्तर, व्यवस्थापन र सिकाइ वातावरणबारे गम्भीर प्रश्न उठाएको छ। आखिर किन सधैँ जनविकास माध्यमिक विद्यालयको नतिजा कमजोर?

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

One thought on “पशुपति मावि फेरि अव्वल, जनविकास मावि किन बारम्बार कमजोर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares