श्रीगौरीशंकर माध्यमिक विद्यालयले ६५औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका बिच सम्पन्न।
बाह्रदशी। बाह्रदशी गाउँपालिका वडा न.-७ डाँगिवारि स्थित गौरीशंकर माध्यमिक विद्यालयले ६५औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ आइतबार सम्पन्न गरेको छ ।

वार्षिक उत्सव समारोहका प्रमुख अतिथि एवंम कोशी प्रदेश सभा सदस्य माननीय छबीलाल चुडालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । विद्यालयद्वारा आयोजित कार्यक्रममा प्रधानाध्यापक लेखनाथ कटुवालले कार्यक्रमको औचित्य माथि प्रकाश सङगै विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ऐतिहासिक पृष्ठभूमिको बारे अवगत गराएका थिए ।

भौतिक संरचना भवन निर्माण विद्यालयमा शौचालय र पुस्तकालयको व्यवस्था गरिएको प्रतिबेदनमा उल्लेख छ । त्यस्तै बिद्यालयका सह-प्रधानाध्यापक हेम राजवंशीले सम्पुर्ण अतिथिहरुलाइ स्वागत गर्नु भएको थियो। सोही अवसरमा बर्षभरी बिद्यालयमा आफ्ना छोराछोरी को पढाइको चासो लिएर नियमित उपस्थित हुने अभिभावक इन्दिरा शिवाकोटी,निर्मला राजवंशी लाई समेत सम्मान गरिएको थियो।
त्यस्तै वरिष्ठताका आधारमा शिक्षिका रिया झा र उत्कृष्टताका आधारमा शिक्षक लोचन गुरागाइलाई समेत सम्मान गरिएको थियो ।
साथै गत बर्षको यसइइ उत्कृष्ट विद्यार्थीहरुलाइ समेत सम्मान गरिएको थियो सम्मानित हुनेहरुमा प्रतिमा सुवेदी ३.३० जि पि ए ,गौरव सुवेदी ३ जिपिए, त्यसै गरि कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने रेजिना राजवंशी २.३१ गि पि ए,रोशन श्रेष्ठ २.४५ जिपिए लाई समेत सम्मान गरिएको थियो भने कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने प्रीतिका निरौला ३.३०,गणेश सोनार ३.२० त्यस्तै बिद्यालयमा अनुशासित बिध्यार्थी आयुस कार्की,शिल्पा इङ्ग्नाम,सरसफाइ तर्फ युना श्रेष्ठ,सिर्जना राजवंशी नियमित बिद्यालय मा उपस्थित हुने बिध्यार्थी आचल कामेत,भुवन राजवंशी लाई समेत पुरस्कृत गरिएको थियो।
साथै राष्ट्रपति रनिङशिल्ड २०८० प्रतियोगितामा बिजेता तथा सहभागी खेलाडी र खेलकुद शिक्षक अम्मर बहदुर कटुवाल लाई नगद पुरस्कार सहित सम्मन गरिएको थियो।भने सोही कार्यक्रममा दानबिर दाता समाजसेवी बलराम डाँगीकि ममतामयि माता इन्द्रमाया डाँगीलाई सम्मान गरिएको थियो।त्यसै गरि बिद्यालयमा आयोजना गरिएको खेलकुद प्रतियोगिता का सम्पुर्ण बिधाका प्रथम,द्वितीय र तृतीय हुने खेलाडी हरुलाइ समेत पुरस्कृत गरिएको थियो।
त्यसैबीच कक्षा युकेजी देखि बाह्र सम्मका विद्यार्थीहरुले मनोरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए भने राष्ट्रिय गीत मा नृत्य गरेर अतिथि तथा अभिभावक हरुलाइ स्वागत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिंकि पौडेलको सभापतित्व मा सम्पन्न भएको कार्यक्रममा बाह्रदशी गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ,प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला,युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख ज्ञान बहादुर पौडेल,योजना शाखा अधिकृत तेजु रेग्मी,आइटि शाखा प्रमुख हिमाल सुवेदी,लेखा शाखा प्रमुख चुडामणि पौडेल,वडा न ७ वडा अध्यक्ष मित्र राज भट्टराई, वडा सदस्य मिलन सङ्ग्रौला,भिम बुढाथोकी,गंगाराम धिताल प्रशासन अधिकृत चेतनाथ नेउपाने,पशुपति मा.बि का प्रधानाध्यापक कुमार दाहाल, दिपजन बोर्डिङ स्कुरका प्रधानाध्यापक लक्ष्मी उप्रेती, लगायतको आतिथ्याता रहेको थियो।
कार्यक्रमलाई संचालन शिक्षक लोचन गुरागाइ र नेत्र प्रसाद पौडेलले गरेका थिए भने प्रमुख अतिथि प्रदेश सांसद माननीय छवि लाल चुडाल,युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख ज्ञान बहादुर पौडेल,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए।



