नवनियुक्त प्रधानाध्यापक थिरकुमार दाहालद्वारा पदभार ग्रहण, शैक्षिक विकासप्रति उच्च अपेक्षा

नवनियुक्त प्रधानाध्यापक थिरकुमार दाहालद्वारा पदभार ग्रहण, शैक्षिक विकासप्रति उच्च अपेक्षा

०२ साउन २०८३, राजेश आचार्य ।

झापाको बाह्रदशी गाउँपालिका–५ स्थित श्री फूलबारी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा थिरकुमार दाहाल नियुक्त भई पदभार ग्रहण गर्नुभएको छ। बाह्रदशी गाउँपालिकाले पाँच वर्षका लागि करार सम्झौतासहित नियुक्तिपत्र प्रदान गरेपछि विद्यालय व्यवस्थापन समितिले साउन १ गते बसेको बैठकबाट उहाँलाई औपचारिक रूपमा हाजिर गराई पदभार ग्रहण गराउने निर्णय गरेको हो।

यसअघि श्री पशुपति माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा सफल नेतृत्व प्रदान गरिसक्नुभएका दाहालले शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन सुदृढीकरण, अनुशासन कायम तथा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। उहाँको अनुभव र नेतृत्व क्षमताले अब फूलबारी माध्यमिक विद्यालयलाई पनि नयाँ उचाइमा पुर्‍याउने विश्वास विद्यालय परिवारले लिएको छ।

पदभार ग्रहणपछि प्रधानाध्यापक दाहालले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँपालिका तथा सबै सरोकारवालासँग सहकार्य गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण–सिकाइ, भौतिक पूर्वाधार विकास तथा समग्र शैक्षिक सुधारमा परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

विद्यालय व्यवस्थापन समितिले पनि उहाँको अनुभव, कार्यक्षमता र नेतृत्वले विद्यालयको शैक्षिक, भौतिक तथा संस्थागत विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

4 thoughts on “नवनियुक्त प्रधानाध्यापक थिरकुमार दाहालद्वारा पदभार ग्रहण, शैक्षिक विकासप्रति उच्च अपेक्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares