बिष्णु भगवती स्कुलमा सांस्कृतिक पहिचान झल्किदैं।
बिर्तामोड १० बिराटपोखरमा रहेको बिष्णु भगवती इङलिश स्कुलका छात्राहरुले एक चुल्टी कपाल बाटदै लाछा र छात्रहरुले भादगाउले कालो टोपी लाउन थालेका छन ।

आफ्नो सास्कृतिक पहिचानलाई झल्काउने उदेस्य सहित लाछा र भादगाउले कालो टोपी प्रत्येक हप्ताको आइतबार र बिहिबार लगाउन थालेका हुन । पुर्णरुपमा अङ्रेजी माध्यमबाट पढाइ हुने बिद्यालयमा पुर्विय कला र सस्कृतिलाइ विशेष जोड दिएकोमा अनुजा दाहाल लगायतका विद्यार्थीहरु प्रफुल्ल भएको बताइएको छ ।

विद्यार्थीहरुलाइ पाठ्यसामग्री अध्ययन अध्यापन सगै प्रत्येक महिना विभिन्न जातिय साकृतिक शिल्प कला प्रशिक्षण पनि दिइदै आइ रहेको कुरा बिद्यालयकि सास्कृतिक संयोजक शिक्षिका करुणा कार्किले बताउनु भयो । यसै क्रममा विद्यार्थीहरुलाइ किरात सस्कृतिमा प्रचलित पबित्र सिलाम साक्मा, मकैको खोसेलाबाट चप्पल , पिरा आदि र सालको पातबाट दुना टपरा बनाउन, पाठ पुजाका लागि बात्ती काढन प्रशिक्षण दिई सकिएको छ ।

मासिक रुप मै तालिका बनाएर बिद्यालयले विद्यार्थीहरुलाइ मादल, ढोल बजाउन , शंख फुक्न, रङेली बनाउन, मुरै र तिलका लड्डु बनाउन सिकाउने योजना बनाएको र सगसगै घर परिवार र समाजमा ओजपुर्ण उत्तरदायी बनाउन नैतिकवान र सस्कारिक ज्ञान दिन थालिएको कुरा बिद्यालयकि सस्थापक, प्रशासक बिष्णु दाहालले बताउनु भयो । बिर्तामोड वडा न १० को बिराटपोखरमा स्मार्ट लर्निङ मेथोडद्वारा अध्यापन गराउन सुरु गरिएको यस स्कुलमा समय समयमा अभिभावकहरुबाट सर सल्लाह लिदै , शिक्षकहरुलाइ निरन्तर तालिम पनि प्रदान गर्दै २१औं शदाब्दिको जिवनोपयोगी शिक्षा दिई दक्ष शैक्षिक जनशक्ती उत्पादन गर्ने लक्ष्य राखेको कुरा यसै स्कुलका प्रधानाध्यापक पुन्य प्रसाद उप्रेतिले बताउनु भयो ।




