६० औं बालदिवसको अवसरमा विर्तामोड नगर स्काउटको वक्तृत्त्वकला प्रतियोगिता सप्पन्न ।
भाद्र २८, विर्तामोड ।
स्थानीय स्काउट कार्यालय, विर्तामोड नगरपालिकाको आयोजनामा नगर स्तरीय वस्तृत्त्वकला प्रतियोगिता सम्पन्न भएको छ ।


१४ वटा स्काउट दलहरु एमिटी, एभरेस्ट, विराट, विराटज्योती, दुर्गा, इडेन गार्डेन, इन्भेन्चर, कञ्चनजङ्गा, मनकामना, महेन्द्र रत्न, मोहनमाया, न्युटन्स, सेन्ट जेभियर्स, सिद्धार्थबाट जम्मा २५ जना प्रतिस्पर्धी रहेकोमा छात्रातर्फ मोहनमायाकी दिप्ती सुवेदी प्रथम, इन्भेन्चरकी प्राश्ना प्रसाईं द्वितीय, न्युटन्सकी किञ्जल पोखरेल तृतीय भए भने छात्रतर्फ न्युटन्सका नयन पौडेल प्रथम, महेन्द्र रत्नका अभिषेक बराइली द्वितीय, सेन्ट जेभियर्सका प्रयास गिरी तृतीय भए ।


कार्यक्रमको प्रमुख अतिथि प्रमुख स्काउट नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, विशेष अतिथि शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी, विद्यालयका प्रधानाध्यापक खड्ग खरेल, स्थानीय स्काउट कार्यकारी समितिका पदाधिकारीहरु, स्काउटर, विद्यालयका प्रतिनिधि शिक्षकहरु, विर्तामोड रोभर रेन्जर कृउका रोभर रेन्जरहरु, लगायतको उपस्थिति रहेको कुरा स्थानीय स्काउट प्रमुख आयुक्त निकुञ्ज शर्माले जानकारी दिए ।




