भद्रपुरमा १५ वर्षपछि अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुँदै

भद्रपुरमा १५ वर्षपछि अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुँदै

२० माघ २०८२, राजेश आचार्य ।

झापाको भद्रपुरमा १५ वर्षपछि अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। भद्रपुरस्थित मेची क्याम्पसको क्रिकेट मैदानमा माघ २१ गतेदेखि ‘कोशी पाथीभरा इन्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसिप’ सञ्चालन हुने भएको हो।

भद्रपुर क्रिकेट क्लबद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। कोशी पर्यटन वर्षको अवसरमा प्रदेश सरकारको सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा टेवा पुर्‍याउने आयोजक समितिका संयोजक तथा भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले बताए।

हाल मैदान, पिच, प्यारापिट, स्कोर बोर्ड र पेविलियन निर्माणको काम तीव्र रूपमा भइरहेको छ। आठ हजार दर्शक क्षमताको मैदानमा प्रतियोगिता निःशुल्क हेर्न सकिने छ।

माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ। नेपालतर्फ भद्रपुर क्रिकेट क्लब, फ्रेन्ड्स यूथ क्लब डडेलधुरा, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड, काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाडलगायतका टिम सहभागी हुनेछन्। भारतबाट गुवाहाटी, लखनऊ, न्यु दिल्ली र सिक्किमका क्लबहरू सहभागी हुनेछन्।

प्रतियोगितामा एनपीएल खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

एक करोड २२ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्लेयर अफ द म्याच, उत्कृष्ट बलर, ब्याटर तथा सर्वोत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।

यसअघि २०६७ सालपछि निष्क्रिय बनेको मैदानलाई पुनः सञ्चालनमा ल्याउँदै २०८० मा भद्रपुर क्रिकेट क्लब गठन गरी मेची क्याम्पससँग सम्झौता गरिएको थियो। दुई वर्षभित्र मैदान स्तरोन्नति गरी प्रदेशकै उत्कृष्ट पिच बनाइएको आयोजकको दाबी छ।

भद्रपुर नगरपालिकाले मैदानको संरक्षण र संरचना निर्माणमा निरन्तर सहयोग गर्ने जनाएको छ। प्रतियोगिताले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360