अक्षय तृतीयाको अवसरमा बाह्रदशी जेसीजद्वारा धारा हस्तान्तरण कार्यक्रम सम्पन्न

अक्षय तृतीयाको अवसरमा बाह्रदशी जेसीजद्वारा धारा हस्तान्तरण कार्यक्रम सम्पन्न

१७ वैशाख २०८२, राजेश आचार्य ।

दीर्घकालीन लाभ योजनाअन्तर्गत बाह्रदशी जेसीजको आयोजनामा अक्षय तृतीयाको अवसर पारेर “धारा हस्तान्तरण कार्यक्रम” आज बाह्रदशी–६, विहीबारे बजारमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व बाह्रदशी जेसीज २०२५ का अध्यक्ष जेसी तिर्थ प्रसाद काफ्लेले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा बाह्रदशी गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाईंको उपस्थिति रहेको थियो।

४० हजार रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको दुईवटा खानेपानी धारा विहीबारे बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो। यसले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। कार्यक्रमले सामाजिक उत्तरदायित्व र दीर्घकालीन सेवामूलक योजनालाई संस्थागत रूपमा अगाडि बढाउने स्पष्ट सन्देश दिएको छ।

उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, योजना अधिकृत तेजु रेग्मी, वडा नं. ४ का अध्यक्ष महताब आलम, वडा नं. ६ का अध्यक्ष रत्न प्रकाश योङहाङ, वडा नं. ७ का अध्यक्ष मित्र प्रसाद भट्टराई लगायत विशिष्ट व्यक्तिहरूको विशिष्ट आतिथ्यता रहेको थियो। झापा जिल्लाका विभिन्न जेसिज शाखाका अध्यक्ष तथा पूर्व अध्यक्षहरू, वडा सदस्यहरू, समाजसेवी, शिक्षाप्रेमी, राजनीतिकर्मी, धार्मिक व्यक्तित्वहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्थानीय बासिन्दा तथा जेसिजप्रेमीहरूको उल्लेख्य उपस्थिति कार्यक्रममा देखिएको थियो।

बाह्रदशी जेसीज २०२५ का उपाध्यक्ष जेसी गोकुल घिमिरे कार्यक्रम संयोजक रहनुभएको उक्त कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष चम्लागाईंले ब्यानर वाचन गरी गर्नु भएको थियो। श्री गौरीशंकर गायत्री स्वरूपाश्रमका बटुकहरूले स्वस्ती वाचन गर्दै कार्यक्रमको धार्मिक वातावरण श्रृजना गरेका थिए।

कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी राजु अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष तथा नेपाल जेसिस २०२५ का राष्ट्रिय तालिम कोषाध्यक्ष जेसी खगेन्द्र सुवेदीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो। आस्था वाचन जेसी गोपाल उप्रेतीले गर्नुभएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य पूर्व अध्यक्ष जेसी लक्ष्मी प्रसाद उप्रेती, समाजसेवी ओमप्रकाश गौतम, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, वडा नं. ६ का अध्यक्ष रत्न प्रकाश योङहाङ तथा सुरुङ्गा जेसीजका अध्यक्ष जेसी दिपेन्द्र प्रधानले राख्नुभएको थियो।

प्रमुख अतिथि चम्लागाईंले बाह्रदशी जेसीजले समाजमा देखाउँदै आएको सक्रियता र योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै, यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी आत्मीयता सुदृढ पार्न उल्लेखनीय भूमिका खेल्ने बताएका थिए। साथै, भविष्यमा पनि बाह्रदशी जेसीजलाई पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

वर्ष २०२५ का अध्यक्ष श्री तीर्थप्रसाद काफ्लेले अध्यक्ष पद सम्हाल्ने बित्तिकै प्रस्तुत गर्नुभएको एक वर्षीय कार्ययोजना आज सफल भएको घोषणा गर्नुभयो। उहाँले सो कार्ययोजनाको सफलता प्रति खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सामाजिक कार्यहरू निरन्तर अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। साथै, बाह्रदशीवासीका समस्याहरूसँग जेसिज संस्था सधैं सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि उहाँले स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares