आयोजक टिमको बिजय यात्रा सुरु

बाह्रदशी , चैत ९ । राष्ट्रिय युवा संघ नेपाल बाह्रदशी वडा न.२ को आयोजनामा संचालन गरेको प्रथम बुट्टावारि नकाउट फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक A टिम विजयी भएको छ ।


बाह्रदशी-२ बुट्टावारि खेलमैदानमा भएको खेलमा पाथिभरा स्पोर्टिङ क्लब बडाबारिलाई १–० ले पराजित गर्दै आयोजक टिमले बिजय यात्रा तय गरेको हो ।

आयोजकका लागि गोल जर्सी न. २१ का राजेश तामाङ ले गरेक हुन । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफ खेलको २२ औँ मिनेटमा आयोजकका तर्फबाट राजेशले गोल गरे । कैलाश श्रेष्ठ को थ्रोइङ ला राम्रो सदुपयोग गर्दै राजेशले गोलमा परिणत गरेका हुन।
खेलको सुरुवाती समय देखि नै आयोजकले पाथिभरा स्पोर्टिङ क्लबलाई दबाबमा राखेको थियो । यद्यपि पहिलो हाफमा आयोजकले गोल गर्न सकेन । आयोजकले पाएका मौकालाई पाथीभरा स्पोर्टिङ क्लबले विफल बनाइदियो । दोस्रो हाफमा आयोजकले कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सफल भएको थियो।
पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका राजेश तामाङ घोषित भए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email