एक नेपालीलाई घर उपहार

युएइबाट नेपाल पैसा पठाउँदा एक नेपालीले एउटा घर उपहार पाएका छन् । युएईको इण्डेक्स एक्सचेन्ज मार्फत परिवारलाई सिद्धार्थ बैंकको सिद्धार्थ रेमिटबाट पैसा पठाउँदा उनलाई एउटा घर उपहार परेको हो । सात महिना पहिले युएई आएर एउटा कन्स्ट्रकसन (नीर्माणाधिन) कम्पनीमा हेल्परको रुपमा काम गर्दै आएका रुपन्देही सिद्धार्थनगरका नुरुद्दिन चुरिहारले घर उपहार पाएका हुन् ।

दुबईको जबिलअली स्थित इन्डेक्स एक्सचेन्जको शाखाबाट पैसा पठाउँदा उनलाई उपहार स्वरुप नेपालमा एउटा घर उपहार परेको हो । सोमबार (अप्रिल ३ मा ) गरिएको लक्की ड्र अन्तर्गत नुरुद्दिनले एउटा घर पाएका हुन। एक्सचेन्जको यो तेस्रो लक्की ड्र हो । यस अघि एक पाकिस्तानी र एक बङ्लादेशी नागरिकले एक एक घर पाइसकेका छन् । अब अप्रिल २६ मा अन्तिम लक्की ड्र गरिने इण्डेक्स एक्सचेन्जले जनाएको छ ।

रुपन्देहीका चुरिहारले गएको महिना ३ हजार ६ सय रुपैया इण्डेक्स एक्सचेन्ज मार्फत सिद्धार्थ बैंकको सिद्धार्थ रेमिटमा आफ्नो परिवारलाई पैसा पठाएका थिए । उपहार स्वरुप पाएको घर नेपालमा सम्बन्धित जिल्लामा रियल स्टेट मार्फत खरिद गरेर प्रदान गरिने छ । एक्सचेन्जले दिएको उपहार घरको सट्टा घरलाई पर्ने बराबरको पैसा पनि लिन सकिने सिद्धार्थ बैंकका युएई प्रमुख नबिन पौडेलले जानकारी दिए ।

Please follow and like us:
Pin Share

Sharma D R

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email