कञ्चनगढधाममा धार्मिक र सांस्कृतिक पुनर्जागरणको अभियान : श्रीमद्सौर्य महापुराण महायज्ञ कार्तिक २६ देखि

२१ कार्तिक २०८२, राजेश आचार्य ।

धार्मिक, ऐतिहासिक र पुरातात्त्विक दृष्टिले महत्वपूर्ण कञ्चनगढधाम साधुकुटीमा यस वर्ष पनि श्रीमद्सौर्य महापुराण धनधान्याचल विराट ज्ञान महायज्ञ आयोजना हुने भएको छ। मिति २०८२ साल कार्तिक २६ गतेदेखि मङ्सिर ४ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञमा आचार्य किशोर गौतम र आचार्य दामोदर न्यौपानेको मुखरा बिन्दुबाट कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महायज्ञ आयोजक समितिका संयोजक ज्ञानु सुवेदीले कञ्चनगढधामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, हाल निर्माणाधीन १०८ शिवलिङ्गसहितको शिवालय मन्दिर र गुरुकुल प्रवर्द्धन यस महायज्ञका प्रमुख उद्देश्य हुन्।

धार्मिक मान्यताअनुसार द्वापर युगमा पाण्डवहरूले यही क्षेत्रमा गाई चराई शिवको स्थापना गरेका थिए। पुरातात्त्विक दृष्टिले पनि यो स्थान महाभारतकालीन विराट र बन पर्वसँग सम्बन्धित मानिन्छ।

करीब चार लाख रुपैयाँ लागत अनुमान गरिएको यस महायज्ञमा श्रमदान र सहभागितामा जोड दिइएको संयोजक सुवेदीले बताउनुभयो। टाढाबाट आउने भक्तजनका लागि खान र बस्ने व्यवस्था समेत मिलाइएको छ।

महायज्ञ अवधिभर प्रवचन, सद्विजरोपण, आध्यात्मिक अनुष्ठान तथा मङ्सिर ३ गते गंगा आरती आयोजना गरिनेछ। कार्यक्रम मन्दिरको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण हुनेछ।

चारपाने चोकबाट करिब सात किलोमिटर दक्षिणतर्फ फैलिएको कञ्चनगढधाम चार विगाहाभन्दा बढी क्षेत्रफलमा रहेको रमणीय स्थल हो। यस परिसरमा शिवालय, दुर्गा, सरस्वती र राधाकृष्ण मन्दिरहरू सहित वेदान्त शिक्षाको गुरुकुल सञ्चालनमा छ।

पत्रकार सम्मेलनलाई महायज्ञ समितिका सहसचिव मनोज खतिवडाले सञ्चालन गर्नुभएको थियो भने संरक्षण समिति सदस्य पुण्यप्रसाद पाठकले स्वागत मन्तव्य राख्नुभएको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email