सुन्दरपुर आधारभूत विद्यालय का बालबालिकाहरूका लागि दृष्टि परीक्षण तथा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुन्दरपुर आधारभूत विद्यालय का बालबालिकाहरूका लागि दृष्टि परीक्षण तथा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२६ कार्तिक २०८२, राजेश आचार्य ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको आयोजनामा र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा बाह्रदशी गाउँपालिका–३ स्थित सुन्दरपुर आधारभूत विद्यालयका बालबालिकाहरूका लागि दृष्टि परीक्षण तथा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका विद्यार्थीहरूमा दृष्टि समस्या पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ। साथै, अभिभावकहरूबीच बालबालिकाको हेरचाह, स्वास्थ्य, अनुशासन र शैक्षिक सुधारबारे खुला अन्तरक्रिया गरिएको थियो।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले समुदायस्तरमा शिक्षा, स्वास्थ्य र सरोकारका क्षेत्रहरूमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । सोही अभियान अन्तर्गत क्लबले सुन्दरपुर आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको हो ।

क्लबकी अध्यक्ष पुष्पाञ्जलि ठकुरी सिन्हाका अनुसार विद्यालय सुधारका लागि वहुवर्षीय योजना तयार पारिएको र सो योजना चरणबद्ध रूपमा कार्यान्वयन हुँदै गएको छ । पहिलो चरणमा शिक्षकलाई आधुनिक र व्यवहारिक शिक्षाका विषयमा तालिम प्रदान गरिएको थियोे।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले विद्यालयमा आधुनिक शौचालय निर्माण, खानेपानी ट्यांकी स्थापना र विद्यालय परिसर सरसफाइका काम पनि अघि बढाएको जनाएको छ । क्लबले आगामी चरणमा विद्यालयको भौतिक पूर्वाधार र वातावरणीय सुधारका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares