काठमाडौं वल्र्ड स्कूलले बिर्तामोडमा शैक्षिक अन्तरक्रिया गर्ने

बिर्तामोड। काठमाडौं वल्र्ड स्कूलले नेपाल टूर सञ्चालन गर्ने भएको छ । स्वदेशमै गुणस्तरीय शिक्षाको खोजिमा रहेका विद्यार्थीलाई लक्षित गरी नेपाल टुर गर्न लागेको काठमाडौं वल्र्ड स्कूलका अध्यक्ष इ.डा.मिथलेसकुमार झाले बताए । काठमाडौं वल्र्ड स्कूलले नेपाल टूर अन्तर्गत झापाको बिर्तामोडमा फागुन १९ गते शुक्रबार, २० गते धरान र २१ गते बिराटनगरमा अभिभावक, विद्यार्थी, सञ्चारकर्मी, शिक्षा क्षेत्रका सरोकारवालाहरुबीच स्वदेशी शिक्षा प्रर्वद्धनबारे शैक्षिक अन्तक्रिया गरिने उनले बताए । गुणस्तरीय शिक्षाको खोजिमा विदेशीने विद्यार्थीलाई लक्षित गरी स्वदेशमै अन्तर्राष्ट्रिय पूर्वाधारसहितको काठमाडौं वल्ड स्कूल स्थापना गरिएको बताउँदै अध्यक्ष झाले उपयुक्त शैक्षिक वातवरणमा विद्यार्थीलाई व्यवहारिक, समाज तथा जीवन उपयोगी शिक्षा प्रदान गर्ने आफूहरुको उद्देश्य रहेको जनाए । आफ्ना छोराछोरीहरुको शिक्षाका लागि अभिभावकले लाखौं रुपैयाँ खर्च गर्ने र नेपालमा उपयुक्त स्कूल नभएको भन्दै विदेश पठाउने गरेकाले त्यसलाई मध्यनजर गर्दै गुणस्तरीय शिक्षाका लागि अभिभावकहरूले आफ्ना छोराछोरीलाई मुलुकबाट बाहिर लानु नपर्ने र सोका लागि बाहिरिएको करोडौं रकमलाई रोक्न सघाउ पुग्नुका साथै भविष्यमा छिमेकी देशहरूका विद्यार्थीलाई समेत नेपालमा आकर्षण गर्न स्वदेशमै अन्तर्राष्ट्रिय पूर्वाधारसहितको काठमाडौं वल्ड स्कूल स्थापना गरिएको उनले बताए । अहिलेका बालबालिकाको प्रतिष्पर्धा नेपालका बालबालिकासंग मात्र नभई विश्वभरका बिद्यार्थीसँग हुने भएकोले विज्ञान र प्रविधिले ल्याएको अनपेक्षित परिवर्तनलाई आत्मसात गर्ने तथा भविष्यमा आउने चुनौतिलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि विद्यालय शिक्षालाई विश्वस्तरीय बनाउन
भक्तपुरको सूर्यविनायक –७, गुन्डुमा स्थापना गरिएको काठमाडौं वल्र्ड स्कूलले स्वदेशमै अन्तर्राष्ट्रिय मापदण्ड र सुविधासहितको शिक्षा दिदैँ आएको उनले बताए । काठमाडौं वल्ड स्कूलका प्रिन्सिपल केशरबहादुर खुलालले नेपाल टुर मार्फत काठमाडौं वल्ड स्कूलले सञ्चालन गरेको शैक्षिक गतिविधिबारे बुझाइने बताए। विद्यार्थीको शैक्षिक, व्यक्तिगत, समाजिक, मानसिक एवम् शारीरिक विकासका लागि स्कूलले आधुनिक शिक्षण विधिमा जोड दिनुका साथै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउने र विद्यार्थीलाई सानैदेखि आफ्नो कार्यप्रति आफैं जिम्मेवार हुन सिकाउने, समाजप्रति उत्तरदायी बनाउने तथा दया, करुणा, भाइचाराको अभिवृद्धि गर्नेर एक अर्का प्रतिको सम्मानलाई आत्मसात गर्न निरन्तर रूपमा समाजिक सेवामा लगाउने योजना रहेको उनले बताए । आधुनिक सिकाइको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा नृत्य, संगीत, मार्सल आर्टस्, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपपोस कोर्ट, फुटसल, लगायतको सुविधा रहेको सेमिनार,अडिटोरियम, विविध सांस्कृतिक कार्यक्रमका लागि हलहरूको निर्माण गरिएको उनले बताए । अनुभवी तथा तालिम प्राप्त शिक्षकहरूद्वारा विद्यार्थीलाई अध्यापन गराउने र समय सापेक्ष उनीहरूको ज्ञान तथा शिक्षण क्षमता विकासका लागि निरन्तर रूपमा तालिम, गोष्ठि, सेमिनार गर्ने उनले बताए । राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ देखि १२ सम्मको आधारभूत र माध्यमिक शिक्षा दिँदै आएको र ए लेभलको कक्षाहरू सञ्चालन गरिरहेको काठमाडौ वल्र्ड स्कूलले अध्यापनको लागि अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त बेलायतको इन्टरनेशनल प्राइमरी करिकुलम (आईपीसी)को शिक्षण विधिलाई प्राथमिक तहमा र इन्टरनेशनल मिडिल एर्स करिकुलम (आइएमवाइसी) माध्यमिक तहमा अपनाउने प्रिन्सिपल खुलालले बताए । चौधरी ग्रुपको सिजी होल्डिङ्सद्वारा सञ्चालित काठमाडौ वल्र्ड स्कूल नेपालमा सबैभन्दा विशिष्टकृत स्कूलका रुपमा सूचिकृत भएको उनले बताए । नेपाल टुरको इभेण्टस् म्यानेजमेन्ट ड्रिम हाइ नेपालले गरेको प्रमुख कमल जिसीले जानकारी दिए । झापाको बिर्तामोडमा हुने कार्यक्रमको मिडिया पार्टनरको रुपमा बिर्ताज्योति साप्ताहिक रहेको छ । बिर्तामोडको सिद्धार्थ होटलमा फागुन १९ गते शुक्रबार दिउँसो २ बजेदेखि कार्यक्रम हुने भएकाले उक्त कार्यक्रममा सहभागिता जनाउन उनले सवैलाई आग्रह गरेका छन् ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360