किरात याक्थुङ चुम्लुङ्ग बाह्रदशी गाउँपालिका ६ र ७ नं. वडा शाखाको आयोजनामा चासोक तङनाम र उँधौली पूजाको उपलक्ष्यमा भोलि बृहत सांस्कृतिक कार्यक्रम र स्वास्थ्य शिविर हुने
२०८२ मङ्सिर २४, राजेश आचार्य ।
किरात याक्थुङ चुम्लुङ्ग बाह्रदशी गाउँपालिका ६ र ७ नम्बर वडा शाखाले संयुक्त रुपमा प्रकृति पुजक किरात याक्थुङ लिम्बुहरुको महान चाड चासोक तङनाम ५०८५ र २०८२ सालको उँधौली पूजाको अवसरमा भोलि बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रममा विशेष आकर्षणको रूपमा निशुल्क स्वास्थ्य शिविर, खानेपानीको धारा उद्घाटन, विभिन्न स्वादिष्ट परिकारहरूको प्रदर्शन र वितरण हुने छ। यसका साथै, विभिन्न रोमाञ्चक खेलकुद गतिविधिहरू पनि सञ्चालन हुनेछन्।सांस्कृतिक कार्यक्रमको प्रमुख आकर्षण भनेको गायक विकास तुम्बापो, गायिका दीपा सुहाङ्ग र गायक निरज पोखरेल लगायतको बेजोड प्रस्तुति हुनेछ। स्थानीय कलाकारहरूको उपस्थितिले सांस्कृतिक कार्यक्रममा रौनक थपिने आयोजक समितिका अध्यक्ष मेरुन योङहाङले बताए।
यस पर्वको आयोजनाले समग्र समुदायमा एकता र सद्भावको सन्देश पुर्याउने आशा गरिएको छ।




