गाउँपालिका अध्यक्ष उपाध्यक्ष संग वडा स्तरीय जेष्ठ नागरिक स्वास्थ्य प्रबर्द्धन कार्यक्रम समापन।
बाह्रदशी झापा। बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले आयोजना गरेको गाउँपालिका अध्यक्ष उपाध्यक्ष संग वडा स्तरीय जेष्ठ नागरिक स्वास्थ्य प्रबर्द्धन कार्यक्रम समापन भएको छ।

जेष्ठ १४ गतेदेखि वडा नम्बर २ बाट सुरु गरिएको कार्यक्रम आज बाह्रदशी गाउँपालिका वडा नम्बर ७ स्थित वडा कार्यलयको सभाहलमा आयोजना गरि समापन गरिएको हो।
बाह्रदशी गाउँपालिका उपाध्यक्ष सान्ता देवी सिवाकोटीको प्रमुख आतिथ्यमा समापन गरिएको उक्त कार्यक्रम को अध्यक्षता सोही वडाका वडाअध्यक्ष मित्र राज भट्टराईले गर्नु भएको थियो भने कार्यक्रममा बिशिस्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला वडा सदस्य मिलन संग्रौला,रानी मुर्मु,सावित्री बि.क. फेदु लाल राजवंशी,बाह्रदशी जेष्ठ नगरिक संघका उपाध्यक्ष टीका रोक्का,हरि चम्लगाइ लगायत को उपस्थिति रहेको थियो।

जेष्ठ १४ गते बाट संचालन गरिएको गाउँपालिका अध्यक्ष उपाध्यक्ष संग वडा स्तरीय जेष्ठ नागरिक स्वास्थ्य प्रबर्द्धन कार्यक्रम ७ वटै वडाहरुमा संचालन गरिएको थियो। जसमा ४०० भन्दा बढी जेष्ठ नागरिकहरुले निशुल्क औषधि,स्वास्थ्य परिक्षण लगायतका सेवाहरु निशुल्क लिएका थिए।
कार्यक्रममा आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जट्टा शंकर झा ले स्वागत तथा कार्यक्रमको औचित्य बारे प्रकाश पारेको उक्त कार्यक्रममा टीका रोक्का,मिलन सङ्ग्रौलाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए।

सो कार्यक्रम मा स्वास्थ जिवनशैली ,योगा ,प्रणयाम भान्सा सुधार ,जडिबुटी सम्बन्धि प्रयोग को वारेमा जानकारी समेत गराएको थियो भने नसर्ने रोग को रोकथाम तथा न्यूनीकरण सम्बन्धि अभिमुखिकरण तालीम समेत दिइएको थियो।साथै आयुर्वेद स्वास्थ्य शाखा बाह्रदशी ले वडा भित्र रहेका ७०भन्दा बढी जेष्ठ नागरिकहरुलाइ निशुल्क स्वास्थ्य परिक्षण,सुगर प्रेसर लगायत विभिन्न नसर्ने रोग हरुको परिक्षण समेत गरेको थियो।
त्यसै गरि आयुर्वेद शाखाले जेष्ठ नगरिक हरुलाइ निशुल्क औषधि महानारायण तेल,अस्वगन्धा चुर्ण,त्रिफला चुर्ण जस्ता औसधिहरु वितरण का साथ साथै उक्त औषधिको प्रयोग र औषधिले पुर्याउने फाइदा को बारे समेत जानकारी दिएको थियो।

कार्यक्रममा कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले आगामी दिनमा पनि गाउँपालिकाले यस्ता कार्यक्रमहरु अझ बढी ल्याउने र आवस्यक कार्यक्रम पनि गाउँपालिका सङ्ग मागे पालिकाले बजेटको ब्यबस्थापन गर्ने कुरा जानकारी दिनु भयो।
त्यसै गरि कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सान्ता देवी सिवाकोटीले आयुर्वेद शाखा ले गरेको कार्यक्रम निकै प्रभावकारी रहेको र आउँदा दिनमा पालिका बाट हुने सहयोग पालिकाले गर्ने छ, साथै अगामी दिनमा यस्ता कार्यक्रमहरु गाउँपालिका भरिका जेष्ठ नागरिक समक्ष पुयाउने कुरा समेत गाउँपालिका उपाध्यक्ष ले प्रतिबद्धता जनाउनु भयो साथै उपस्थित सम्पूर्ण आमा बुवा लाई स्वास्थ लाभ को कामना समेत गर्नु भएको थियो। त्यसै गरि कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष मित्रराज भट्टराईले अबको बजेटमा जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रमहरु ल्याउने र आयुर्वेद शाखालाइ अझै बढी बजेटको ब्यबस्था गर्ने कुरामा जोड दिनु भयो।





