नेकपा एमाले बाह्रदशीको पदस्थापन तथा सपथग्रहण सम्पन्न।

बिर्तामोड । नेकपा एमाले बाह्रदशी गाउँ  कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरेका छन् । आज बाह्रदशी ५ स्थित बाह्रदशी जेष्ठ नगरिक संघको सभा हलमा आयोजित सपथग्रहण तथा पदहस्तान्तरण कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्वले सपथग्रहण गरेको हो ।

निर्वाचन समितिका संयोजक सुक्र तामाङले नवनिर्वाचित अध्यक्ष अग्नि सापकोटा(अनिल)लगायत पदाधिकारी, सदसयहरु र लेखा समिति सदस्यहरुलाई सपथग्रहण गराएका हुन् ।

सपथग्रहणपछि नवनिर्वाचित अध्यक्ष सापकोटाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पीरिड र जनताको बहुदलीय जनवादलाई मार्गनिर्देश मानेर बलियो एमाले बनाउने बताए । उनले मिसन ८४ मा एमालेलाई वडादेखि संघसम्म एमाले नेतृत्वलाई विजयी गराइ नमुना पालिका बनाउने बताएका छन् । सबै निर्वाचनमा एमालेलाई विजयी गराउन पार्टी नेतृत्व र तल्लो तहसम्म एकता कायम गर्न आवश्यक रहेको उनको भनाई छ । अध्यक्ष सापकोटाले निर्वाचनले सबैलाई एक भएर पार्टी बलियो बनाउन म्याण्डेड दिएको बताए ।

सपथग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष बुद्ध राज कार्की, हल्दिवारी गाउँ कमिटीका नवनिर्वाचित अध्यक्ष त्रिलोचन सापकोटा, पुर्व जिल्ला सदस्य टेक प्रसाद आचार्य,  जिल्ला कमिटी सदस्य रेनुका भुर्तेल, जिल्ला अध्यक्ष प्रेम गिरी, जिल्ला उपाध्यक्ष शिव ढुंगेल,जिल्ला उप-सचिव असारु राजवंशी, अध्यक्ष मण्डलका  सदस्य लक्ष्मण पाठक,प्रदेश कमिटी सदस्य बसन्त बानियाँ,अध्यक्ष मण्डलका अध्यक्ष तथा  नेकपा एमाले केन्द्रिय सदस्य हरिबहादुर राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares