आयुर्वेद शाखा:-गाउँपालिका अध्यक्ष उपाध्यक्ष संग वडा स्तरीय जेष्ठ नागरिक स्वास्थ्य प्रबर्द्धन कार्यक्रम सम्पन्न ।
बिर्तामोड झापा २०८१\०२\१८
बाह्रदशी गाउपालिका वडा न.४ मा आज गाउँपालिका अध्यक्ष उपाध्यक्ष संग वडा स्तरीय जेष्ठ नागरिक स्वास्थ्य प्रबर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो।
बाह्रदशी गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाइको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम को अध्यक्षता सोही वडाका वडाअध्यक्ष महताव आलमले गर्नु भएको थियो भने कार्यक्रममा बिशिस्ट अतिथि वडा सदस्य विवेक कुमार गणेश,कल्पना श्रेष्ठ,वडा जेष्ठ नगरिक समितिका सदस्य मोहम्मद रफिक,जनबिकास मा बी का प्रधानाध्यापक श्याम गोस्वामी लगायत को रहेको थियो।
कार्यक्रममा आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जट्टा शंकर झा ले स्वागत तथा कार्यक्रमको औचित्य बारे प्रकाश पारेको उक्त कार्यक्रममा श्याम गोस्वामी,विवेक कुमार गणेश,मोहम्मद रफिक ले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए।

सो कार्यक्रम मा स्वास्थ जिवनशैली ,योगा ,प्रणयाम भान्सा सुधार ,जडिबुटी सम्बन्धि प्रयोग को वारेमा जानकारी समेत गराएको थियो भने नसर्ने रोग को रोकथाम तथा न्यूनीकरण सम्बन्धि अभिमुखिकरण तालीम समेत दिइएको थियो।साथै आयुर्वेद स्वास्थ्य शाखा बाह्रदशी ले वडा भित्र रहेका ५० भन्दा बढी जेष्ठ नागरिकहरुलाइ निशुल्क स्वास्थ्य परिक्षण,सुगर प्रेसर लगायत विभिन्न नसर्ने रोग हरुको परिक्षण समेत गरेको थियो।त्यसै गरि आयुर्वेद शाखाले जेष्ठ नगरिक हरुलाइ निशुल्क औषधि महानारायण तेल,अस्वगन्धा चुर्ण,त्रिफला चुर्ण जस्ता औसधिहरु वितरण का साथ साथै उक्त औषधिको प्रयोग र औषधिले पुर्याउने फाइदा को बारे समेत जानकारी दिएको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देबिन्द्र प्रसाद चम्लगाइले आयुर्वेद शाखा ले गरेको कार्यक्रम निकै प्रभावकारी रहेको र आउँदा दिनमा पालिका बाट हुने सहयोग पालिकाले गर्ने छ, साथै अगामी दिनमा यस्ता कार्यक्रमहरु गाउँपालिका भरिका जेष्ठ नागरिक समक्ष पुयाउने कुरा समेत गाउँपालिका अध्यक्ष ले प्रतिबद्धता जनाउनु भयो साथै उपस्थित सम्पूर्ण आमा बुवा लाई स्वास्थ लाभ को कामना समेत गर्नु भएको थियो।

त्यसै गरि कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष महताव आलमले एलोपेथिक औषधि भन्दा पनि आयुर्वेदिक औषधिको प्रयोग गर्न रआधुनिक जीवन शैलीमा परिवर्तन गर्न जोड दिनु भएको थियो।




