चलचित्र’मेरा जुत्ता खोइ’को शुभमुर्हत

झापा । चलचित्र ‘मेरो जुत्ता खोइ’ को छायांकन सुरु भएको छ । इलामको फिक्कलमा आज शुक्रबार पर्दा पछाडी रहेर चलचित्रको निर्माणमा योगदान पुर्याउने सम्पुर्ण प्राबिधिकहरुलाइ खदा लगाएर पृथक शैलिमा  चलचित्रको शुभमुर्हत गरे संगै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रमा रोहन सेन्चुरी, रचना सिवाकोटी, लनम लामा शेर्पा ,सुरबिर पण्डित ,रामचन्द्र अधिकार ,पिटर खवास,कृष्ण सुबेदीको मुख्य अभिनय रहने छ ।

  मुखिया प्रोडक्सन प्रा.लि. र अनुग्रह फिलिम्स प्रा लि को प्रस्तुतीमा कुमार के.सि. को निर्देशनमा कमेडि धारमा  निर्माण हुन् लागेको चलचित्र ‘मेरो जुत्ता खोइ’ ले सामाजिक  मुद्धालाई उठान गर्दैछ ।

चलचित्र निर्देशक कुमार केसिको लेखनमा निर्माण हुन लागेको चलचित्रले नेपाली समाजका विविध समस्या हरुलाइ उठाएको छ। समाजमा देखिएका विभेदहरुलाइ अन्त्य गर्ने र  समाजमा मिलेर बस्न सङगै माया,प्रेम एक आपसमा साटासाट  गर्न समेत यस चलचित्रले सिकाउने छ। बुबाले छोरालाइ उपहार स्वरुप दिएको जुत्ता हराए पछी उक्त हराएको जुत्ता खोज्ने क्रममा उत्पन्न भएका  समस्या र परिस्थितिहरु यस चलचित्रको मुख्य कथा रहेको लेखक तथा निर्देशक केसिले बताए।

८० देखि ९० लाख सम्मको अनुमानित बजेटमा निर्माण सुरु गरिएको चलचित्रको पहिलो छायाँङ्कन इलामको फिक्कलबाट सुरु गरि झापा हुदै, इन्डिया को सिक्कीम,दार्जिलिङ लगाएतका रमणीय स्थानहरुमा हुने कार्यकारी निर्माता डम्बर बहादुर बिस्वकर्मा(रोहन) ले बताउनु भयो। चलचित्रमा कुमार के.सिको लेखन तथा निर्देशन, बिनय पौडेलको मुख्य सहायक निर्देशन,प्रीतम मुखियाको निर्माण,बिकाश चौधरीको संगीत, शिव ढकालको छायांकन ,डम्बरबहादुर विश्वकर्मा(रोहन)को कार्यकारी निर्माण,सन्तोष खवासको द्वन्द्व ,कमल राइको कोरियोग्राफी, सन्तोष खवासको प्रोडक्सन,लक्ष्मी प्रसाद खतिवडाको कला, कृष्ण सुबेदिको शृङ्गार रहने छ ।भने चलचित्रको छायांकन ३० दिनमा सकिने निर्माण टिमले जनाएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares