बाह्रदशी जेसीज:-किशोरीहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

११ ज्येष्ठ, २०८१ ।
बाह्रदशी झापा, बाह्रदशी जेसीज द्वारा आयोजित किशोरीहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।


  बाह्रदशी गाउँपालिका वडा न.६ सिमलचोकमा अवस्थित दिपजन अंग्रेजी माध्यमिक विधालयमा  सम्पन्न भएको हो।कार्यक्रममा बाह्रदशी जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी  खगेन्द्र सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा  कार्यक्रमको प्रमुख अतिथि सोही विधालयका सहायक प्रधानाध्यापक संजय मैनालीको रहेको थियो भने कार्यक्रममा बाह्रदशी जेसीजका निवर्तमान अध्यक्ष साथै सोही विधालयका प्रधानाध्यापक जेसी लक्ष्मी प्रसाद उप्रेतीको बिशिस्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।
बाह्रदशी जेसीज वर्ष २०२४ कि स्वास्थ्य संयोजक जेसी सबिना सिलवाल संयोजक रहेको कार्यक्रममा  कार्यकारिणी उपाध्यक्ष  जेसी सदिक्षा खडकाले स्वागत मन्तव्य राख्नु भएको थियो। कक्षा ८,९ र १० का १०० जना छात्रा विधार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा बाह्रदशी जेसीजद्वारा सो विधालयलाई एक कार्टुन Sanitary Pad समेत प्रदान गरिएको बर्ष २०२४ का महासचिव जेसि संजय शाहले जानकारि दिनु भयो।


उक्त कार्यक्रममा सहभागी १०० जना छात्राहरुलाइ प्रशिक्षक द्वाय स्वास्थ्य संयोजक सबिना सिलवाल र कार्यकारणी उपाध्यक्ष सदिक्षा खड्काले प्रशिक्षण प्रदान गर्नु भएको थियो।

     कार्यक्रममा आस्था बाचन उपाध्यक्ष  जेसी राजु अधिकारीले गर्नु भएको थियो भने कार्यक्रम लाई संचालन महासचिव जेसी संजय शाहले गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares