पुर्व वडाअध्यक्ष शम्भु राजवंशी सम्मानित


झापा बाह्रदशी – झापा बाह्रदशी गाउँपालिका वडा नम्बर १ का पुर्व वडाअध्यक्ष शम्भु सिंह राजवंशी सम्मानित हुनु भएको छ।


झापाको बाह्रदशी गाउपालिका १ स्थित भागुडुब्बामा भागुडुब्बा युवा परिवार द्वारा आयोजना गरिएको समावेसी सिरुवा साथै बृहत् सांस्कृतिक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि पुर्व उर्जा तथा जलस्रोत मन्त्री माननीय राजेन्द्र प्रसाद लिङदेन र बिशिस्ट अतिथि प्रदेश सदस्य माननीय छबीलाल चुडालले दोसल्ला अोडाएर पुर्व वडाअध्यक्ष शम्भु सिंह राजवंशीलाइ सम्मान गरिएको हो।

पुर्व वडाअध्यक्ष राजवंशी ले आफ्नु पाँच बर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गरेको र उक्त कार्यकाल भरी वडाबासी हरुमा निस्वार्थ पुर्वक उहाले पुर्याउनु भएको योगदानको कदर गर्दै उहालाइ सम्मान गरिएको आयोजक समितीले जानकारी दिनु भयो।
भागुडुब्बा युवा परिवार का अध्यक्ष व्रतलाल राजवंशी को सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष साथै झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य माननिय राजेन्द्र लिङ्देन को प्रमुख आतिथ्यता रहेको थियो !कार्यक्रममा विशिष्ट अतिथिहरु क्रमशः प्रदेश सभा सदस्य छबिलाल चुडाल, पुर्व श्रम तथा यातायात राज्य मन्त्रि माननीय टेक नारायण राजवंशी ,नि.वर्तमान सविधान सभा सदस्य तथा नि . वर्तमान प्रदेश सभा सदस्य झापा क्षेत्र नम्बर ३ माननीय पूर्ण प्रसाद राजवंशी लगायतको रहेको थियो।

साथै उक्त कार्यक्रममा स्थानिय कलाकारहरुले विभिन्न प्रस्तुति दिएका थिए भने, राजवंशी संस्कृति झल्किने नृत्य समेत प्रस्तुती गरिएको थियो भने कार्यक्रम लाई संचालन दिलिप राजवंशी र सपना राजवंशीले गरेका थिए !

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares