चिल्ड्रेन इन्भारोमेन्ट स्कुलमा आइ सी डी पी तालिम सम्पन्न ।
बिर्तामोड झापा, अन्तर्राष्ट्रिय बाल विकाश कार्यक्रम(आइसीडीपी) पहिलो र दोस्रो चरणको तालिम सम्पन्न भएको छ।

चिल्ड्रेन इन्भारोमेन्ट स्कुलका शिक्षकलाई अन्तर्राष्ट्रिय बाल विकाश कार्यक्रम(आइसीडीपी) तालिम दिइएको छ । बालबालिका र स्याहारकर्ताको बिचका अन्तर सम्बन्ध कायम गरी शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्य रहेको छ । नर्वेबाट बिकास भएको यस कार्यक्रम हाल विश्वका ५० भन्दा धेरै देशहरुमा सञ्चालित छन् । बालबालिका र स्याहारकर्ता बिचको अन्तर सम्बन्ध कायमराख्न सकारात्मक प्रमाणित भएकैले यस कार्यक्रमलाई यूनिसेफ र डब्लुएचओ जस्ता विश्वव्यापी संगठनहरुले अनुमोदन गरी सकेका छन् ।

हालै अर्ली चाईल्डहुड एजुकेशन सेन्टर (इसीइसी) नेपालद्वारा संचालित पहिलो र दोस्रो चरणको तीन दिने तालिममा बिर्तामोडको चिल्ड्रेन इन्भारोमेन्ट लगायत देशभरिका २६ विद्यालयका शिक्षकहरु सहभागी भएका थिए । उक्त तालिम बिशेष गरी स्याहारकर्ता र बच्चाहरु बिच अन्तरक्रिया, हुर्किएका बालबालिका र वयस्कहरु बिचको वार्तालाप र बालबालिका प्रतिको अवधारणा निर्माणमा केन्द्रित रहेको कुरा चिल्ड्रेन इन्भारोमेन्ट स्कुलकी सहभागी शिक्षिका लक्ष्मी बराइली र सोनीया शंकरले बताउनुभयो । उक्त तालिमको प्रशिक्षण मिना सुब्बा र प्रभा राईले दिनुभएको थियो ।






