नृत्य कलाकार केन्द्र नेपालले स्रष्टा सम्मान गरि ४१औं अन्तर्राष्ट्रिय नृत्य दिवस सम्पन्न

दमक झापा, झापाको दमक मा नृत्य कलाकार केन्द्र नेपालले एक कार्यक्रम गरि ४१औं नृत्य दिवस मनाएको छ ।


झापाको दमक स्थित के.बि.आर. पार्टी प्यालेसमा ४१औं नृत्य दिवस मनाएको हो।नृत्य कलाकार केन्द्र नेपाल का अध्यक्ष सुनिल थापा को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा झापा जिल्ला नृत्य संघ का पुर्व अध्यक्ष एल सि श्रेष्ठ, बर्तमान अध्यक्ष पदम तामाङ,सचीव सुवास लिम्बू ,महासचिव अमन गुप्ता ,राष्ट्रिय नृत्य निर्देशक परिषद समिति सदस्य बिमल नेपाल, भानु सिटौला लगायत को आतिथ्यता रहेको थियो भने प्रदेश न. एक भरिका सयौं नृत्यकर्मी हरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नृत्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने स्रष्टा लाई सम्मान का साथै च्याब्रुङ केलाङ नाचको समेत कार्यशाला को आयोजना गरि सम्पन्न गरेको हो।सम्मानित हुनेमा इलाम स्थित रोशन कर्मचार्य लाई सम्मान गरिएको थियो।बिगत लामु समय देखि नृत्य क्षेत्रमा उहाले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उहालाइ सम्मान गरिएको कार्यक्रम संचालनका क्रममा संस्था का महासचिव राज सुब्बा लावती ले बताउनु भयो।


  प्याब्सन झापा का जिल्ला अध्यक्ष गौरिमान फागुको प्रमुख आतिथ्य मा सम्पन्न उक्त कार्यक्रम मा करिब ५० जना नृत्यकर्मी हरुले कार्यशाला मा सहभागी जनाएका थिए।उक्त कार्यशाला मा च्याब्रुङ केलाङ को बारेमा प्रशिक्षक उदय बेघा लिम्बू ले प्रष्ट पार्नु भएको थियो।
  नृत्य कलाकार केन्द्र नेपाल का महासचिव राज सुब्बा लावती ले संचालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य सचिब कुमार अनुरागीले राख्नु भएको थियो।


नृत्य दिवस कहिले देखि मनाउन सुरु भयो?
   युनेस्कोको मातहतमा ” अन्तर्राष्ट्रिय नृत्य परिषद”ले प्रत्येक वर्षको अप्रिल २९ तारीखमा अन्तर्राष्ट्रिय नृत्य दिवसको रुपमा नृत्यसम्बन्धि विभिन्न कार्यक्रमहरु गरेर व्यापकरुपमा मनाइन्छ। फ्रान्सेली व्याले नृत्यकार जिन जर्ज नोभेर (Jean Geaorge Noverre) को जन्म दिनको सु अवसर पारेर युनेस्कोले सन १९८२ (बि.सं. २०३९) सालदेखी अन्तर्राष्ट्रिय नृत्य दिवसको शुरुआत गरेको हो। जिन जर्ज नोभेर (सन १७२७-१८१०) फ्रान्सको पेरिसमा जन्मिएका एक महान व्याले नर्तक, नृत्य गुरु, नृत्य बिषयको चिन्तक, नृत्य सर्जक, लेखक, आदि हुन। जसले शास्त्रीय व्याले नृत्यलाई अझ विकसित गरेर आधुनिकता प्रदान गरेका थिए। व्याले नृत्यको अहिलेको स्वरुप बिकास गर्ने एक मात्र नृत्य सर्जक उनै जिन जर्ज नोभेर हुन। यस नृत्यलाई अन्तर्राष्ट्रिय स्तरको नृत्य बनाउनमा उनको ठूलो योगदान रहेको छ।
     नृत्यकलाको उत्थान, बिकास र प्रवर्द्धनका लागि सचेतना बढाउन युनेस्कोले अन्तर्राष्ट्रिय नृत्य दिवसको शुरूवात गरेको हो। सङ्गीत, नृत्य लगाएत जति पनि प्रस्तुति कला (performing arts) हरुको परम्परा भनेको अध्ययन र तत्कालीन समयमा पाइएका उपलब्धीहरुलाई संस्थागत गरि दस्तावेज बनाउने र त्यसको ब्याख्या, विश्लेषण र अध्ययन गर्दै अगाडि जाने हो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares