वीरता जेसिज द्वारा झुल बितरण तथा सचेतना कार्यक्रम सम्पन्न


बिर्तामोड २०८० बैशाख १४, वीरता जेसिजको आयोजना मा एक दिने सचेतना तथा झुल वितरण कार्यक्रम बिर्तामोड नगरपालिका वडा न.३ स्थित मुसहर बस्ती मा सम्पन्न भएको छ ।


वीरता जेसिज का अध्यक्ष घनश्याम चौधरी को अध्यक्षता मा सम्पन्न कार्यक्रममा अति बिपन्न तथा गरिबीको रेखामुनि रहेका मुसहर जातीहरु बसोबास रहेको उक्त क्षेत्रमा ४५ घर परिवारलाई गर्मी बढे सँगै लाम्खुट्टे पनि बडदै गरेकोले घर गाउँ सरसफाइमा ध्यान पुर्याउन अनुरोध गर्दै बिरता जेसिजले झुल वितरण गरेको हो।

बिर्तामोड नगरपालिका वडा न.३ का वडाध्यक्ष मदन बुढाथोकी प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा वीरता जेसिजका अध्यक्ष घनश्याम चौधरी र प्रमुख अतिथि ले संयुक्त रुपमा झुल वितरण गरेका हुन ।
संयोजक जेसि अजय अधिकारी ले स्वागत गरेको कार्यक्रममा आस्था वाचन जेसि नवराज अधिकारी तथा संचालन जन सम्पर्क अधिकारी जेसि बसन्त ढकालले गर्नु भएको थियो भने कार्यक्रममा सामाजिक अगुवा ईन्द्र सिङ राजवंशी,रामेश्वर मण्डल लगायतका उपस्तिथि रहेको थियो।

उक्त कार्यक्रममा धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन कानुनी सल्लाहकार जेसि एल सि श्रेष्ठले गर्नु भएको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares