प्रथम गौरिलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय कराते प्रतियोगिता को लागि खेलाडी छनौट सम्पन्न

बाह्रदशी, झापा को बाह्रदशी गाउपालिका ले प्रथम गौरी लाल श्रेष्ठ स्मृति झापा जिल्ला स्तरीय कराते प्रतियोगिताका लागि पालिका स्तरीय खेलाडी छनौट प्रक्रिया सम्पन्न गरेको छ ।


झापाको कन्काइ नगरपालिकामा यहि बैशाख २२ र २३ गते इलुवाबारी कराते डोजो कन्काइले आयोजना गरेको प्रथम गौरिलाल श्रेष्ठ स्मृति झापा जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको झापा जिल्ला कराते महासंघका सचिव सन्जय शाह ले जानकारी दिनु भयो।


झापा जिल्ला कराते महासंघका सचीव सन्जय शाहको अध्यक्षता मा बाह्रदशी गाउपालिकाको कवड हल मा छनोट खेलको आयोजना गरि छनौट गरिएको हो।विभिन्न तौल समुह का गरि महिला र पुरुष १४ जनालाई छनौट गरिएको हो।पुरुष तर्फ छनौट हुने हरुमा बिकाश दाहाल ३० केजी,दिवस पुरी ३५ केजी,प्रीन्स शर्मा ४०केजी,राजु तिवारी ४५ केजी,निकेश न्यौपाने ५०केजी,सुप्रीम कार्की ५५केजी र लक्ष्मण खड्का ५५ केजी समुह भन्दा माथी त्यसै गरि महिला तर्फ अन्सु लिम्बू ३० केजी ,सिमा राजवंशी ३५केजी ,दृष्टि थापा ४०केजी,पुजा दाहाल ४५केजी,बर्षा श्रेष्ठ ५०केजी,पुजा माझि ५५ केजी ररोजिना श्रेष्ठ ५५केजी समुह भन्दा माथी का लागि छनौट भएको सन्जय शाह ले जानकारी दिनु भयो।
बाह्रदशी वडा न.५ का वडाअध्यक्ष वीर बहादुर राजवंशी को प्रमुख आतिथ्य मा संचालन गरिएको उक्त छनौट खेलमा बाह्रदशी खेलकुद बिकास समितिका अध्यक्ष टंक कार्की,वडा न.५ खेलकुद बिकास समितिका अध्यक्ष सरद बहादुर सिंह,झापा कराते महासंघ कोषाध्यक्ष रेनुका राई, सदस्य दुर्गाचरण राजवंशी,समाजसेवी तथा खेलप्रेमि सचिन आचार्य,समाजसेवी तथा खेलप्रेमी तिर्थ काफ्ले , बाह्रदशी खेलकुद बिकास समिती सदस्य प्रकाश फुयाल,शिक्षक पुस्प धमला धमला साथै कराते प्रशिक्षक समेत को आतिथ्य रहेको थियो।


झापा जिल्ला कराते महासंघ को समन्वय तथा प्राबिधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा समाजसेवी तथा खेलप्रेमी सचिन आचार्य ,बाह्रदशी खेलकुद बिकास समितिका अध्यक्ष टंक कार्की,प्रमुख अतिथि वडा न.५ वडाअध्यक्ष वीर बहादुर राजवंशी लगायतले छनौट भएका खेलाडीहरुलाइ बधाई तथा शुभकामना ब्यक्ति गर्नु भएको थियो। भने कार्यक्रम लाई संचालन शिक्षक तथा समाजसेवी जीवन कुमार धमलाले गर्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360