नेकपा एमाले  बाह्रदशी गाउँ कमिटीको २२औं राष्ट्रिय धान दिवस सम्पन्न।

बाह्रदशी , असार १५ । झापाको बाह्रदशी गाउँपालिका मा आज नेकपा एमाले  बाह्रदशी गाउँ कमिटीले २२औं राष्ट्रिय धान दिवस २०८२ को अवसरमा बेठी लगाएर धान दिवस मनाइएको छ ।

बाह्रदशी -२ मा आज  नेपाल कम्युनिस्ट पार्टी एमाले गाउँ  कमिटीको  आयोजना तथा अखिल नेपाल किसान महासङ्घको व्यवस्थापन मा बाह्रदशी-२ रिमाल चोक स्थित विन्दा देवी निरौलाको खेतमा धान रोपेर धान दिवस मनाइएको हो ।

नेपाल कम्युनिस्ट पार्टी एमाले गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाकोअध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रिय सदस्य  हरिबहादुर राजबंशीको प्रमुख आतिथ्ता साथै जिल्ला कमिटी अध्यक्ष प्रेम बहादुर गिरी को विशिष्ट अतिथ्यमा धान दिवस मनाइएको हो। साथै कार्यक्रममा, जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण पाठक , जिल्ला कमिटी सदस्य बिरेन राजवंशी, रेनुका भुर्तेल, जिल्ला कमिटी सदस्य देवेन्द्र प्रसाद चम्लागाईं, जिल्ला कमिटी सदस्य मेरुन योङहाङ, प्रदेश सल्लाहकार सदस्य शेरबहादुर तामाङ पूर्व जिल्ला सदस्य तोयानाथ पोखरेल कार्यपालिका सदस्य पुनमदेवी खत्वे गाउँपालिका उपाध्यक्ष शान्तादेवी सुवाकोटी  लगायत गाउँ कमिटी सदस्यहरू वडा कमिटी अध्यक्षहरू विभिन्न जनवर्गीय संगठनका अध्यक्ष तथा पदाधिकारीहरू लगायतको सयौँको उपस्थितिमा बाइसौँ राष्ट्रिय धान दिवस मनाइएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य हरिबहादुर राजबंशीले ब्यानरवाचन गरी साथै धान रोपी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।  भने प्रेमबहादुर गिरी देवेन्द्रप्रसाद चम्लागाईं लक्ष्मण पाठक शान्तादेवी खरेल बिन्दा निरौला लगायत उपस्थित सम्पूर्णले धान रोपेर साथ दिएका थिए।

माटोसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै संस्कृतिको जगेर्ना गर्न र धानबाट तयार हुने चामल हरेक घरमा अनिवार्य रुपमा पाक्ने अन्न भएकाले र परा पुर्व काल देखि असार १५ गते बेठी लगाइ हर्सोउल्लसका साथ मनाइ विधिवत रुपमा धान रोप्न सुरुवात गरिने परम्परा रहि आएको हुदा कार्यक्रम आयोजना गरिएको  जिल्ला कमिटी सदस्य बिन्दा निरौलाले बताउनुभयो।

धान दिवस कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयबासीको उपस्थिति रहेको थियो । महिला समूहको नौमती बाजाले दिवसलाई उल्लासमय बनाएको थियो ।

बाजाको तालमा नाच्दै र असारे गीत गाउँदै महिला दिदीबहिनीहरूले रोपाइँ गरेका थिए । पुरुषहरूले माटो सम्याउन पटाहा लगाउने, बाउसे र धानको बीऊ ओसार्ने कामसँगै धान रोपेका थिए ।

रोपाइपछि दहीचिउरा, केरा, जामुन लगायत फलहरू रोपाहार तथा बाउसेहरुलाई खुवाइएको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email