जनचेतना मूल कृषक समूहको विविध कार्यक्रम सहित २२औं राष्ट्रिय धान दिवस सम्पन्न।

जनचेतना मूल कृषक समूह बाह्रदशी-३ ले विविध कार्यक्रम सहित २२औं राष्ट्रिय धान दिवस मनाएको छ।

मानु खाएर मोरी उब्जाउने यो बेला किसानहरूका लागि माटोसँग अझ प्रगाड बनाउने एकदमै सु अवसर पनि हो। परापूर्वकालदेखि किसानहरूले यस असार १५ लाई धान दिवसको रुपमा मनाउँदै पनि आइरहेका छन्। जनचेतना मूल कृषक समूह ले महिलाहरूको पञ्चेबाजा सहित आज धान दिवस मनाएको हो। २१ वटा समूह मिलेर बनेको यस जनचेतना मूल कृषक समूह ले वर्षेनी विविध कार्यक्रमसहित धान दिवस मनाउँदै आइरहेको पनि छ। सोही अनुरुप यस वर्ष पनि आफ्नो संस्कृति जोगाउने उद्देश्यका साथ यस समूहले राष्ट्रिय धान दिवस मनाएको हो।
जनचेतना मूल कृषक समूहका अध्यक्ष राजन लामिछानेको अध्यक्षता र बाह्रदशी गाउँपालिकाका अध्यक्ष देवेन्द्रप्रसाद चम्लागाईको प्रमुख आतिथ्यमा आज धान दिवस मनाएको हो। कार्यक्रममा राष्ट्रिय कृषक समूह महासङ्घका प्रदेश उपाध्यक्ष प्रेम पौडेल जिल्ला अध्यक्ष रामलाल उप्रेती वडा सदस्य हेमलाल दाहाल पुण्य ढुंगेल लगायत सामाजिक व्यक्तित्व हरू साथै सयौंको सङ्ख्यामा स्थानीयहरूको उपस्थितिमा धान दिवसमाएको हो।
उक्त धान दिवस कार्यक्रममा लठारो तान्ने कार्यक्रम हिले दौड लगायतका कार्यक्रम समेत गरिएको थियो भने उक्त कार्यक्रममा प्रथम हुनेलाई नगद रु ५०० द्वितीय हुनेलाई नगद रु ४ ०० प्रदान गरिएको थियो।। साथै राष्ट्रिय कृषक समूह महासङ्घले १० जना कृषकहरूलाई हात स्प्रे ट्याङ्की समेत वितरण गरी सम्मान गरेको थियो।

साथै पछिल्लो पुस्ताले आफ्नो कला संस्कृति बिर्सिँदै गएको र नयाँ पुस्ताहरूलाई आफ्नो कला संस्कृति जगेना गर्ने उद्देश्यका साथ सहारा नेपाल ले आफ्ना विद्यार्थीहरुलाई समेत उक्त धान दिवस कार्यक्रममा सहभागी गराएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares