बाह्रदशी गाउँपालिकाको बजेट पारित, उत्कृष्ट ४ कर्मचारीलाई सम्मान गर्ने।

बाह्रदशी गाउँ पालिकाको १७औं गाउँ अधिवेशन बाट आर्थिक वर्ष २०८२ – ०८३ को बजेट सर्वसम्मत पारित भएको छ।

बाह्रदशी गाउँपालिकाको सभाहलमा आयोजना गरिएको १७औं गाउँसभाको दोस्रो सभाबाट बाह्रदशी गाउँपालिकाको आर्थिक वर्ष २०८२ – ०८३ को बजेट सर्वसम्मत रुपमा सभाले पास गरेको हो।

सभाका अध्यक्ष देवेन्द्रप्रसाद चम्लागाईं ले आर्थिक वर्ष २०८२ – ०८३ को १७औं गाउँसभा २०८२-०३-०९ गते पहिलो सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने गाउँपालिका उपाध्यक्ष शान्तादेवी सियाकोटी खरेलले सभामा बजेट पेश गर्नुभएको थियो।

कोशी प्रदेश गाउँसभा र नगरसभा संचालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजिम गाउँसभाको १७ औं अधिवेशनको संचालन गरिएको थियो। सभाको सहजिकरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले गर्नुभएको थियो।

१७औं गाउँसभाको शून्य समयमा बजेट माथि छलफलका लागि वडा नम्बर ५ का वडा सदस्य जय तिम्सिना,राधिका भट्टराई,डुकाकुमारी बिक वडा नं ६ का वडा सदस्य गंगाराम धिताल वडा नं ७ का वडा सदस्य मिलन संग्रौला वडा नम्बर ४ का वडा सदस्य बलबहादुर बानिया वडा नम्बर २ का वडा सदस्य युवराज ढकाल वडा नम्बर ३ का वडा सदस्य हेमलाल दाहाल वडा नम्बर १ का वडा सदस्य विजय प्रकाश अधिकारी ले सभा समक्ष आफ्ना विचारहरू राख्नुभएको थियो। सभाका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ सामाजिक विकास समिति संयोजक पञ्चानन राजवंशीले दिनुभएको थियो।

त्यसैगरी बाह्रदशी गाउँपालिकाले कर्मचारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट कर्मचारी हरूलाई गाउँपालिकाबाट सम्मान गर्दै आइरहेको छ। त्यसै अनुरुप बाह्रदर्शी गाउँपालिकाले चार उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने भएको छ।सम्मानका लागि छनौट मा पर्न सफल उत्कृष्ट नामहरु सिनियर अहेब राम नारायण शाह,सब इन्जिनियर सुमन ओली, सामाजिक परिचालिका कौशिला थापा, कार्यालय सहयोगी राजकुमार पाण्डे रहेका छन्।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares