नेपाल को प्रतिनिधित्व गर्दै नेपाली कलाकारहरु भारतको कोलकाता मा

बिर्तामोड ।भारतको कोलकातामा डा.एपीजे अब्दुल कलाम फाउण्डेसनको आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालका तर्फबाट सहभागी कलाकारहरु यति बेला कोलकाता पुगेका छन् ।

वीरता जेसीजले गत चैत २ गते झापा बिर्तामोड मा एक कार्यक्रम आयोजना गरि कलाकार हरुलाइ खादा लागाइ नेपालको झण्डासहित बिधाइ गरिएको सगरमाथा लोक सांस्कृतिक नेपाल बिर्तामोड का अध्यक्ष एलसी श्रेष्ठ ले जानकारी दिनु भयो।


कार्यक्रममा सगरमाथा लोक साँस्कृतिक केन्द्र नेपाल बिर्तामोड झापाका अध्यक्ष एलसी श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय टोलि भारतको कोलकातामा डा.एपीजे अब्दुल कलाम फाउण्डेसनको आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालका तर्फबाट सहभागी हुने भएको हो । टोलीमा नृत्य कलाकारहरु प्रताप सुनुवार, प्रितम सम्वाहाम्फे, आरती लिम्वू, पूजा अधिकारी, हेम राजवंशी, कृष्ण धिमाल, रिना तामाङ, भिमा खतिवडालगायत रहेका छन् ।
बि.स.२०७२ साल देखि निरन्तर नेपालको तर्फबाट सहभागी हुदै आएको सगरमाथा लोक सांस्कृतिक केन्द्र नेपाल बिर्तामोड ले यो पटक पनि भारतको कोलकातामा आयोजना गरिएको कार्यक्रममा सहभागी भएको हो।कोलकातामा आयोजना गरिएको उक्त कार्यक्रममा उनीहरुले नेपालको प्रतिनिधीत्व गर्दै सगरमाथा लोक सांस्कृतिक केन्द्र नेपाल बिर्तामोडले झ्याउरे,मारुनी,हुड्केउली लगायतका विभिन्न लोकनृत्य प्रस्तुत गर्ने सगरमाथा लोक साँस्कृतिक केन्द्र नेपाल बिर्तामोड झापाका अध्यक्ष एलसी श्रेष्ठले बताए । 

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares