एमिटी कलेजका विद्यार्थीहरुले लिए स्थलगत शिक्षा 

६ चैत्र, २०७९
बिर्तामोड
       हालै एमिटी कलेज बिर्तामोड कक्षा १२ का विद्यार्थीहरुले झापा जिल्लाका विभिन्न मानवीय तथा सामाजिक सस्था तथा स्थानहरुको भ्रमण गरेका छन ।
सामाजिक बिषय अन्तर्गत परियोजना कार्यका लागि तथ्यांक संकलन गर्ने क्रममा कलेजले विद्यार्थीहरुलाइ स्थलगत रुपमै  सामाजिक उत्तरदायित्व सिकाउने  शिक्षा दिने गरेको कुरा प्राचार्य राधेश्याम ढकालले बताउनु भयो ।


यसै सिलसिलामा भ्रमणको पहिलो दिन बिर्तामोड वडा न ७ मा अवस्थित १ बिगाह ४ कठ्ठामा निर्माण भएको , सिमान्तकृत सन्थाल तथा घरबार बिहिन थारुहरुका लागि सौचालय र बिजुली बत्ती सहित जडान गरि बनेको ३७ बटा घरहरुको बस्ती ‘नगर गौरव बेम्बो हाउस’ को स्थलगत अबलोकन गरेका थिए ! बि.न.पा. वडा न. ७ का वडाध्यक्ष अबिरल कृष्ण खरेल सहितको उपस्थितिमा विद्यार्थीहरुले आफुले जम्मा गरेको केही रकम सहयोग भिलेज ब्यवस्थापन समिती अध्यक्षलाई हस्तान्तरण पनि गरेका थिए !


यसैगरी दोस्रो दिन, उपसभामुख तथा सामाजिक अभियन्ता अन्तरास्ट्रिय ब्यक्तित्व इन्दिरा राना मगरद्वारा स्थापित , बन्दी सहायता नेपाल द्वारा संचालित अर्जुनधारा बुट्टाबरिमा रहेको जुनकिरी सार्वजनिक बिद्यालयको भ्रमण गरेका थिए । सस्थाका अध्यक्ष जगत बहादुर मगर र जुनकिरी बिद्यालयका प्र.अ. रन्जित परियारले सस्थाको परिचय दिदै समाज र मानविय सेवामा अन्तरास्ट्रिय ख्याती कमाइसकेकी इन्दिरा राना मगर को त्याग तथा समर्पणको उदाहरण प्रस्तुत गर्दा तथ्यांक टिपोट गर्दै गरेका थुप्रै विद्यार्थी भावुक बनेका थिए । उनिहरुले त्यस बिद्यालयमा अध्यनरत आवाशिय विद्यार्थीहरुसग अन्तरक्रिया गर्दै आफुले खाजा खर्च बाट जम्मा गरेको केही आर्थिक सहयोग एकमुट रुपमा विद्यार्थीहरुको खाजाको लागि प्रदान गर्न पाउँदा आफू असाध्य खुशी भएको कुरा विद्यार्थी स्नेहा भारतिले बताइन ।


त्यसैगरी तेस्रो दिन, फरक क्षमता भएका बिद्यार्थीहरुको शिक्षामा पहुच सम्बन्धी जानकारि लिने उदेस्यले कन्काइ न. पा सुरुङा स्थित कन्काइ मा बि को भ्रमण गरेका थिए । ९३ जना सुनाइ तथा बोलाइ सम्बन्धी अपाङता भएका विद्यार्थीहरु सग अन्तर्कृया पनि गरेका थिए ।


सामाजिक अध्यन तथा जीवन उपयोगी शिक्षा दिने क्रममा एमिटी कलेज ले आफ्ना विद्यार्थीहरुलाइ स्थलगत रुपमै भ्रमण अबलोकन गर्ने गरेको कुरा कलेज का शिक्षक दिनेशराज शर्मा ले बताए । उक्त तीन दिने अध्यन अबलोकन कार्यक्रम को संयोजन सामाजिक शिक्षाका शिक्षक निकुञ्ज शर्मा र जीवन रिजाल ले गर्नु भएको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares