बाह्रदशीमा निःशुल्क आयुर्वेद शिविर, ३१७ जनाले पाए सेवा

बाह्रदशीमा निःशुल्क आयुर्वेद शिविर, ३१७ जनाले पाए सेवा

२८ चैत २०८२, राजेश आचार्य ।

बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाको आयोजना तथा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

बाह्रदशी–६ स्थित बिहीबारेमा रहेको पञ्चमणी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविरबाट कुल ३१७ जना सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा सहभागीहरूले एक वा एकभन्दा बढी सेवा लिएका थिए। प्राप्त विवरण अनुसार १५० जनाले आँखा परीक्षण, ६५ जनाले दन्त तथा मुख परीक्षण, ८० जनाले नाक, कान तथा घाँटी सम्बन्धी सेवा, २० जनाले फिजियोथेरापी तथा ७५ जनाले प्रयोगशाला सेवा लिएका छन्।

आयुर्वेद स्वास्थ्य शाखा व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर सिंह राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईं रहनुभएको थियो। कार्यक्रममा आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जट्टाशंकर झाले स्वागत मन्तव्य राख्नुभएको थियो भने वडा नं. ६ का वडाध्यक्ष रत्न प्रकाश योङहाङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

शिविरमार्फत विभिन्न रोगहरूको निःशुल्क परीक्षण तथा औषधि वितरण गरिएकोमा स्थानीय सेवाग्राहीहरूले खुशी व्यक्त गरेका छन्। कार्यक्रममा प्राविधिक सहयोग पुर्‍याउने बिर्तामोड आँखा अस्पताल तथा शिविर सफल बनाउन सहयोग गर्ने पञ्चमणी विद्यालय व्यवस्थापन समितिलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन गाउँपालिका जिन्सी शाखा प्रमुख राजु गिरीले गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360