बाह्रदशी गाउपालिका:- बिश्व क्षयरोग दिवसमा क्षयरोग बिरामीलाई पोषण वितरण

बाह्रदशी चैत १०, झापाको बाह्रदशी गाउपालिका स्वास्थ्य साखाले आज एक कार्यक्रम को आयोजना गरि Yes We can end TB भन्बे नाराका साथ बिश्व क्षयरोग दिवास मनाएको छ ।


  बाह्रदशी गाउपालिका वडा न.४ को वडा सदस्य कल्पना श्रेष्ठ को अध्यक्षता मा सम्पन्न कार्यक्रममा बाह्रदशी गाउपालिका भित्र रहेका नियमित औषधि सेवन गर्दै आएका २१ जना क्षयरोग बिरामी हरुलाइ स्वास्थ्य बर्दक खाद्यन्न एक क्यारेट अर्थात ३० ओटा अण्डा प्रदान गरिएको थियो।


गाउपालिका उपाध्यक्ष सान्ता देवी सिवाकोटी को प्रमुख आतिथ्य मा संचालन गरेको उक्त कार्यक्रममा गाउपालिका स्वास्थ्य साखा प्रमुख राम शाह ले कार्यक्रमको बारे प्रष्ट पार्नु भएको थियो।


नेपालको पछिल्लो तथ्यांक अनुसार ६९००० क्षयरोग का बिरामीहरु नेपालमा हुने अनुमान गरिएको पाइन्छ।जस मध्ये ३७००० मात्रै उपचार का लागि आएको पाइन्छ भने बाकी ३२००० उपचारका लागि सम्पर्कमा आएको पाइन्दैन।
बाह्रदशी गाउपालिकामा ५५% मात्रै क्षयरोग का बिरामी पत्ता लागेको पाहिएको छ भने बाकी ४५% बिरामीहरु आफ्नु रोग लुकाएर बसेको पाहिएको कार्यक्रमको बारे बोल्दै गाउपालिका स्वास्थ्य साखा प्रमुख राम शाहले बताउनु भयो।


बाह्रदशी वडा न.४ को कानगोइ बोर्डिङ स्कुलमा आयोजना गरिएको कार्यक्रममा बाह्रदशी गाउपालिका बित्रका स्वास्थ्य साखा प्रमुख,स्वास्थ्य स्वायंसेविका वडा न.२ का अध्यक्ष,वडा सदस्य युवराज ढकाल लगायत को उपस्तिथि रहेको कार्यक्रममा गाउपालिका उपाध्यक्ष सान्ता देवी सिवाकोटी,बाह्रदशी गाउपालिका पोषण फोकल पर्सन राम प्रसाद पौडेल लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares