वीरता जेसीजलाइ उत्कृष्ट शाखा अवार्ड
काठमाडौं चैत१२, बिरता जेसीजले फ़रवरी २०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ ।

काठमाडौँमा सम्पन्न भएको नेशनल काउंसलर एकाडेमीको समापन समारोहको अवसर पारेर वीरता जेसीजलाई क्षेत्र ‘ए’ को उत्कृष्ट शाखा अवार्ड द्वारा सम्मान गरिएको हो ।

उक्त अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पायलट तथा नेपाल जेसीजको पुर्व अध्यक्ष सिनेटर महेश दहाल ट्रेनर को- पायलट सिनेटर मिलन गुरुङ , निरूपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेत, निरुपित राष्ट्रीय उपाध्यक्ष अनुप सुनुवारले सयुक्त रुपमा शाखाका अध्यक्ष घनश्याम चौधरीलाई अवार्ड प्रदान गरेका थिए ।
पदभार ग्रहण गरेपछि निरन्तर जेसीज अभियानमा जोडिएको यस शाखाले गरेको कार्य सम्पादनको आधारमा फ़रवरी महिनाको अवार्ड प्राप्त गरेको हो । शाखाले विभिन्न तालिम सहित सम्मान लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो ।
अवार्ड प्राप्त सँगै शाखाको गरिमालाई निरन्तरतासँगै आगामी दिनका लागि अझ हौसला प्राप्त भएको छ।सो अवॉर्ड वीरता जेसीजका कार्यसमिति तथा समयोजकहरु को साथ सहयोगले प्राप्त गर्न सफल
भएकाछौ।बर्ष 23 का कानुनी सल्लाहकार एल सि श्रेष्ठले बताउनुभयो



