बाह्रदशी जेसीजको सप्ताह कार्यक्रम आजदेखि सुरु

बाह्रदशी जेसीजको सप्ताह कार्यक्रम आजदेखि सुरु

२०८२ कार्तिक ८ गते , राजेश आचार्य।

बाह्रदशी जेसीजले आज बाट जेसीज सप्ताह शुरू भएको छ। बाह्रदशी जेसीज का अध्यक्ष तीर्थप्रसाद काफ्लेको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईको प्रमुख आतिथ्यमा जेसीज सप्ताह कार्यक्रमको उद्घाटन भएको हो।

कार्यक्रममा कानुनी सल्लाहकार कुमार कटुवालले आस्था वाचन र उपाध्यक्ष गोपाल उप्रेतीले मिसन भिजन बाचन गरेका थिए। सप्ताह कार्यक्रमका मूल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष राजु अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बाह्रदशी जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज तालिम आयोगका कोषाध्यक्ष खगेन्द्र सुवेदीले औचित्यमाथी प्रकाश पारेका थिए ।

कार्यक्रममा बाह्रदशी जेसीज पूर्व अध्यक्ष लक्ष्मी प्रसाद उप्रेती, बाह्रदशी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भीमबहादुर कार्की,समाजसेवी तथा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य लक्ष्मण पाठक, समाजसेवी तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भगीरथ पोदार लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन वर्ष २०२५ की महासचिव सदिक्षा खड्का ले सञ्चालन गरेकी थिइन्। आजबाट उद्घाटन गरिएको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आज पहिलो कार्यक्रम अन्तर्गत मिनी म्याराथन कार्यक्रम सञ्चालन गरी सम्पन्न गरिएको थियो।

जेसिस सप्ताह उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिकाका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाईले रिबन काटी मिनी म्याराथनको उद्घाटन गर्नुभएको थियो। मिनी म्याराथन कार्यक्रममा ३० जना खेलाडीहरूको सहभागिता रहेको थियो। मिनी म्याराथनमा सहभागी ३० जना खेलाडीहरूलाई पछि पार्दै बिर्तामोड नगरपालिकाका खेलाडी शिव कार्कीले १५ मिनेट २० सेकेन्डमा ५ किलोमिटर दूरी पार गर्दै प्रथम भएका थिए। त्यसैगरी द्वितीय हुनेमा दमक नगरपालिकाका सरोज सिंह र दमक नगरपालिकाकै मिङसेन चेम्जोङ तृतीय भएका थिए भने मिनी म्याराथनको अफिसियलमा जीवन धमला, शरदबहादुर सिंह र लालबाबु सिंह राजवंशी रहनुभएको थियो भने जेसिस सप्ताह अन्तर्गत खेलकुद कार्यक्रमका संयोजक भूपेन्द्र दंगालको संयोजन रहेको थियो। मिनी म्याराथनमा प्रथम द्वितीय तृतीय हुनेले क्रमश ७ हजार, ५ हजार, ३ हजार साथै मेडल प्रदान गरिएको थियो।

आजबाट उद्घाटन गरिएको जेसिज सप्ताह कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाईले जेसिजले समाजमा गरेका सकारात्मक कामहरूको खुलेर प्रशंसा गर्नुभएको थियो। साथै उहाँले आफ्नो कार्यकाल रहुन्जेल जेसिजलाई तन, मन, वचनले सहयोग पुर्याउने वाचा समेत गर्नुभएको थियो त्यसैगरी उहाँले जेसिजलाई आगामी दिनहरूमा पनि सामाजिक कार्यहरूमा अझ बढी लाग्न आग्रह समेत गर्नुभएको थियो। कार्यक्रममा बाह्रदशी जेसिस वर्ष २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेले सबै अतिथिहरुलाई धन्यवाद दिनुभएको थियो भने कार्यक्रममा बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष महताव आलम वडा नम्बर ५ का वडा अध्यक्ष वीरबहादुर सिंह राजवंशी समाजसेवी तथा नेकपा एमाले बाह्रदशी गाउँपालिका कमिटी अध्यक्ष अनिल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष सोमनाथ बजगाई ,बाह्रदशी जेसिज वर्ष २०२२ का पूर्व अध्यक्ष पुष्पलाल धमला लगायत सामाजिक व्यक्तित्व हरूको समेत उपस्थिति रहेको कार्यक्रमलाई जेसिज सप्ताह कार्यक्रमका मूल संयोजक राजु अधिकारीले कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email