बाह्रदशी जेसीज र बाह्रदशी शिक्षक महासङ्घको मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न ।

बाह्रदशी । बाह्रदशी जेसीज र बाह्रदशी शिक्षक महासङ्घ बीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

आज बाट सुरु भएको जेसीज सप्ताह कार्यक्रम अन्तर्गतको दोश्रो कार्यक्रम बाह्रदशी जेसीज vs बाह्रदशी शिक्षक महासङ्घ बीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको हो।

बाह्रदशी जेसीज का अध्यक्ष तीर्थप्रसाद काफ्लेको अध्यक्षता तथा बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरबहादुर सिंह राजवंशीको प्रमुख आतिथ्यमा जेसीज सप्ताह कार्यक्रम अन्तर्गतको मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको हो।

कार्यक्रममा उपाध्यक्ष गोपाल उप्रेतीले आस्था वाचन र मिसन भिजन बाचन गरेका थिए।

सप्ताह कार्यक्रमका मूल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष राजु अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बाह्रदशी जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज तालिम आयोगका कोषाध्यक्ष खगेन्द्र सुवेदीले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए ।

कार्यक्रममा बाह्रदशी जेसीज पूर्व अध्यक्ष पुष्पलाल धमला, समाजसेवी तथा नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश कोषाध्यक्ष ओम प्रकाश गौतम,बाह्रदशी शिक्षक महासङ्घ का अध्यक्ष गुणनिधि लुइटेल लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको सञ्चालन वर्ष २०२५ की महासचिव सदिक्षा खड्का ले सञ्चालन गरेकी थिइन्।

आजबाट उद्घाटन गरिएको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आज भएको दोस्रो कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष वीरबहादुर सिंह राजबंशीले गर्नुभएको थियो।

१४ गतेसम्म सञ्चालन रहने जेसिज सप्ताह कार्यक्रम अन्तर्गत आज भएको दोस्रो कार्यक्रम बाह्रदशी शिक्षक महासङ्घ भर्सेस बाह्रदशी जेसीज बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता रहेको थियो। जसमा बाह्रदशी जेसीजले दुई एक को सेट अन्तर्गतले हराउँदै विजेता भएको थियो भने बाह्रदशी शिक्षक महासङ्घ उपविजेता बनेको थियो भने मैत्रीपूर्ण भलिबल प्रतियोगिताको अफिसियालमा कृष्ण राजवंशी र निर्मल चापागाईं रहनु भएको थियो।

आज सम्पन्न भएको दोस्रो कार्यक्रम मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरबहादुर सिंह राजबंशीले “बाह्रदशी अब जेसीजमय हुने कुरामा दुई मत छैन, बाह्रदशी जेसीजले समाजमा गरेका सकारात्मक कामहरूमा सधैं सहभागी रहने र बाह्रदशी जेसिसलाई सधैं साथ सहयोग प्रदान गर्ने समेतको प्रतिबद्धता रहनेछ साथै बाहृदशी जेसीजको विरोध कहिल्यै नगरेको” समेत जानकारी गराउनु भयो।

त्यसैगरी कार्यक्रममा बाह्रदशी जेसीज वर्ष २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेले आगामी कार्यक्रमहरूको जानकारी गराउनुभएको थियो भने मैत्रीपूर्ण भलिबल प्रतियोगिताका संयोजक जेसी प्रकाश फुयाँलले प्रमुख अतिथि अतिथि लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email