बाह्रदशी प्याबसनको आयोजनामा एक दिन प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८२ पुष ६ प्रितम कुमार धमला ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल बाह्रदशी प्याबसनको आयोजनामा एक दिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
झापाको बाह्रदशी गाउँपालिका भित्र रहेका निजी विद्यालयहरूका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल बाह्रदशी प्याब्सन का अध्यक्ष निमेश ढुङ्गेलको अध्यक्षतामा सञ्चालन गरिएको एकदिने प्रशिक्षण कार्यक्रममा बाह्रदशी गाउँपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख योगराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।

SEE बुस्ट अप प्रोग्राम अन दी टाइटल कमिटमेन्ट अफ सक्सेस भन्ने शीर्षकमा कक्षा १० मा अध्ययनरत करिब २४० जना विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो।प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरूलाई कर्पोरेटर एण्ड एजुकेसनल ट्रेनर, लाइफ कोच, मोटिभेसनल स्पोकर , एस्ट्रोलोगर, योगा, मेडिटेसन, साथै शान्ति शिक्षा प्रशिक्षण प्रा.ली.का फाउन्डर तथा सीइओ ईश्वर श्रेष्ठ ले प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई motivational speaking योगा मेडिटेसन लगायत शिक्षा सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कक्षा १०मा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई एससी परीक्षा का लागि कसरी तयारी गर्ने आफूलाई तनावमुक्त कसरी राख्ने खराब सोचलाई कसरी हटाउने भन्ने विविध विषयहरुमा उहाँले सहज र सरल तरिका बाट प्रशिक्षण प्रदान गर्नुभएको थियो। करिब ३ घण्टासम्म उहाँले विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो। उक्त प्रशिक्षण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख योगराज पौडेलले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने प्याबसनले आयोजना गरेको प्रशिक्षण कार्यक्रम ले विद्यार्थीहरूमा सकारात्मक सोचको विकास साथै पढाइमा लगनशीलता को विकास गर्ने र यसले विद्यार्थीहरूको सोचमा परिवर्तन ल्याउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।

ज्ञान ज्योति अंग्रेजी माध्यमिक विद्यालयका सहप्रधानध्यापक सीताराम बरालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा झापा प्याप्सनका सचिव तथा दिवजन बोर्डिङ स्कुलका प्रधानध्यापक लक्ष्मी प्रसाद उप्रेतीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो।




