बाह्रदशी मा उत्कृष्ट जिपिए ल्याउने ८,१० र १२ का २० विद्यार्थी सहित सेवा निवृत्त शिक्षक सम्मानित
बाह्रदशी झापा ,
बाह्रदशी गाउँपालिका शिक्षा साखाले आज एक कार्यक्रम गरि सेवा निबृत्त शिक्षक तथा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाइ सम्मान गरेकोे छ ।

बाह्रदशी गाउँपालिकाको जेष्ठ नागरिक भवनमा आयोजना गरिएको उक्त कार्यक्रमका बिच सम्मान गरिएको हो।
गाउँपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रमको अध्यक्षता कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक पन्चनन राजवंशीले गर्नु भएको थियो।साथै बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष शान्ता देवी सिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला,योजना शाखा प्रमुख तेजु रेग्मी,चेतनाथ नेउपाने साथ कार्यक्रममा लेखा प्रमुख चुडामणि पौडेल,गाउँपालिका कर्मचारी हरुको उपस्थिती रहेको थियो।
सम्पन्न कार्यक्रममा आफ्नु जिवनको ३६ औ बर्ष सम्म शिक्षण पेसामा इमानदारीका साथ समाज र देशको उज्ज्वल भविस्यका लागि हजारौं विद्यार्थीहरुलाइ शिक्षाको माध्यम द्वारा ज्ञानको ज्योति प्रदान गरेर सेवा बाट अनिवार्य अवकाश प्राप्त गर्नु हुने शिक्षकहरु लाई सम्मान गरिएको हो।सम्मान हुनुहुने शिक्षक रामनगर आ.बि. का शिक्षक भोलानाथ मिश्र(२०४५-२०७९), नरेन्द्र कुमार ओझा(२०४८-२०८०)घोडामारा आ.बि. दिलिप कुमार प्रधान (२०४६-२०८०) हुनुहुन्थ्यो।त्यसै गरि बाह्रदशी गाउँपालिका मा उत्कृष्ट जि.पि.ए. ल्याउने कक्षा ८,१० र १२ सम्मका २० जना विद्यार्थीहरुलाइ समेत सम्मान गरिएको थियो।सम्मानित हुनेहरुमा कक्षा ८ बाट दिपर्सन सुवेदी दिपजन आ.मा.बि.(३.९०),नम्रता राजवंशी लिटल स्टार (३.८८),निकिता कुमारी गणेश लिटल स्टार(३.८८),सुलप घिमिरे पशुपति मा.बि.(३.८०),बिनिता बस्नेत कटरडाँगि आ.बि.(३.५५) त्यसै गरि कक्षा १० बाट सुजना खरेल दिपजन आ.मा.बि.(३.७०),भिष्मराज चापागाईं ज्ञानज्योति आ.मा.बि.(३.९०),मानस भट्टराई ज्ञानज्योति आ.मा.बि.(३.९०),माटिन निरौला ज्ञानज्योति आ.मा.बि(३.९०),रुषण विष्ट दिवयज्योती आ.मा.बि.(३.७०),सुरक्षा भट्टराई पशुपति मा.बि.(३.९६),यमन दाहाल पशुपति मा.बि.(३.९६),अम्मरदीप राजवंशी अमृत मा.बि.(३.५५),र प्रतिमा सुवेदी गौरीशंकर मा.बि.(३.३५) त्यसैगरी कक्षा १२ बाट प्रमिश खरेल ज्ञानज्योति आ.मा.बि.(३.६८)सक्जना ओलि ज्ञानज्योति आ.मा.बि.(३.५१)कमल लुईटेल पशुपति मा.बि(३.३०)कृतिका थापा पशुपति मा.बि(२.८०),उत्सव निरौला पशुपति मा.बि(३.६४),र रञ्जना अधिकारी पशुपति मा.बि(३.६८) रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष चम्लागाइ”सेवा निवृत्त जीवन समाज का लागि अझै फलदायी रहोस् साथै उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाइ अझ बढी प्रगति र यो क्षेत्रको नाम उच्च राख्न शुभकामना दिनु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत निरौला ले यस्ता कार्यक्रमहरु आगामी दिन हरुमा अझ ब्यवस्थित गरिने कुरा ब्यक्त गर्नु भएको थियो।कार्यक्रममा प्रधानाध्यापकको तर्फबाट पशुपति मा.बि.का प्र.अ. थिर कुमार दाहाल ले आफ्ना कुरा राख्नु भएको थियो भने सम्मानित हुने भोलानाथ मिश्र ले गाउँपालिका अध्यक्ष,शिक्षा शाखा लगायत लाई धन्यवाद दिनु भएको थियो।त्यसै गरि कार्यक्रम का अध्यक्ष कार्यपालिका सदस्य तथा सामाजिक बिकास समिति संयोजक पन्चानन राजवंशीले यस्ता कार्यक्रमहरु अझ बृहत रुपमा गरिनु पर्ने जसले गर्दा विद्यार्थीहरुमा शिक्षा प्रती अझ बढी रुचि र प्रतिस्पर्धा बढने कुरा मा जोड दिनु भएको थियो।
गौरीशंकर मा.बि.का शिक्षक लोचन गुरगाइले संचालन गर्नु भएको उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख ले कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नु भएको थियो।




